2026-07-06 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले भने, ‘निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ’

जेठ २६, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । 

निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भन्नुभयो “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौँ । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईहरु पनि सचेत हुनुहोला ।” 

“सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन” प्रचण्डले भन्नुभयो “साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् । हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।” 

विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो “अबको युग विकासको युग हो, सुशासनको युग हो, समृद्धिको युग हो । हामीलाई त्यसबाट दायाँबायाँ हुने छुट छैन ।” 

उहाँले अनावश्यकरुपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले त्यसमा इमान्दार रहेको तथा दृढताका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो । 

उहाँले सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए । उहाँले भन्नुभयो “राज्य पनि कानूनबमोजिम चलोस्, व्यवसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ ।” 

भेटमा व्यवसायीले ठूला ठेकेदारले मेचीदेखि महाकालीसम्म सबै काम लिएर गरेर राखेको गुनासो गरे । “सरकारले साना व्यवसायीलाई मात्र दबाब दिएको छ, ठूला व्यवसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस्” एक व्यवसायीले भने । 

आफूलाई ठूला बताउने निर्माण व्यवसायीले देशभरि ठेक्का लिएर काम गरेका छैनन । यी छवटा कम्पनीले ठेक्का होल्ड गर्ने काम नगर्ने गर्दा देश बर्बाद भयो नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नवराज खड्काले भन्नुभयो । 

व्यवसायीले ठूला कम्पनीले काम होल्ड गरेर राख्दा त्यसको अपजस आफूहरुले बेहोर्नुपरेको बताए । सार्वजनिक खरिद ऐनका कारण ठूला ठेकेदार मोटाएको व्यवसायीले गुनासो गरेका थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै