2026-09-13 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका पुराना वामपन्थी नेता रहेनन्

असार २, बर्दिवास | महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । 

जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो । लामा पछिल्ला केही महिनायता दम र मधुमेहले ग्रसित रहँदै आउनुभएको थियो । 

विसं १९८२ मा बिजलपुरामै जन्मनुभएका लामा जिल्लामा २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो जिल्ला संगठन कमिटी गठन हुँदा सदस्य हुनुहुन्थ्यो । त्यसबेला एउटै कम्युनिष्ट पार्टी रहेका बेला जिल्लामा गठन भएको पहिलो संगठन कमिटीको सदस्य रहेकाले यहाँको हकमा लामा संस्थापक रहनुभएको जिल्लाकै बर्दिवास–१ का बासिन्दा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजु खड्काले बताउनुभयो । 

जिल्लामा नेकपाका संस्थापक रहनुभएका लामा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सञ्चालन गर्न सात वामपन्थी पार्टीले बनाएका संयुक्त वाम मोर्चाका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । 

विसं २०१९ मा कम्युनिष्ट पार्टी विभाजित भएयता विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा (संयुक्त)मा आबद्ध रहँदै आउनुभएका लामा करीब एक वर्षअघि सो पार्टी तत्कालीन नेकपा (माओवादी केन्द्र)मा एकीकरण भएपछि सो पार्टी हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध हुनुहुन्थ्यो । 

लामाको निधनमा जिल्लाका सबैजसो राजनीतिक पार्टीले शोक वक्तव्य जारी गरेका छन् । स्व लामाको भोलि आइतबार बिहान ९ बजे बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने छोरा धनराज लामाले जानकारी दिनुभयो । 

स्व लामाका दुई पत्नीबाट चार छोरा र चार छोरीका साथै नातिनातिनी र पनातिपनातिनी गरी ३० भन्दा बढी रहेका छन् । लामाका दुवै पत्नीको भने यसअघि नै निधन भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन