2026-09-19 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेकपा पर्वतको नेतृत्वका लागि दर्जन नेता आकांक्षी, को होला एकिकृत पार्टीको अध्यक्ष

पर्वत /नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको नेतृत्व गर्न झण्डै एक दर्जन नेताहरुले आकाँक्षा देखाएका छन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको कुस्मामा बसेको पहिलो बैठकमा तत्कालिन नेकपा(एमाले) र माओबादी केन्द्रका पदाधिकारी देखि अन्य नेताहरु समेत आँकाक्षी देखिएका हुन । असार १४ गते सम्म जिल्लाले नेतृत्व चयन गरि प्रदेशमा पठाउने छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको अध्यक्षका लागि तत्कालिन नेकपा(एमाले) पर्वतका अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुवँर, सचिब पदमपाणी शर्मा, उपसचिब गोबिन्द पहाडीले बैठकमा एकिकृत पार्टीको अध्यक्षमा आकाँक्षा राखेका थिए भने एमालेबाटै केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल र केन्द्रिय संघिय मामिला बिभागका सदस्य मेघनाथ सुबेदीलाई पनि नेतृत्वका लागि अघि सार्न थालिएको छ । तत्कालिन माओबादी केन्द्रबाट जिल्ला संयोजक सुदिप कुवँर, गगनबहादुर थापा(प्रदिप) केशब कुवँर(सृजनशिल) र सन्तबहादुर गुरुङ्ग(सबिन) आकाक्षी देखिएका छन ।

नेकपा पर्वतको इन्र्चाजमा तत्कालिन माओबादी केन्द्रका तर्फबाट केन्द्रिय सदस्य बनेका गुप्तबहादुर हमाल रहने संभावना बढी भएकाले जिल्ला अध्यक्ष तत्कालिन एमालेबाट हुने पक्कापक्की जस्तै छ । एमालेबाट अध्यक्ष बन्दा माओबादी केन्द्रका तर्फबाट सचिब बन्ने छन । तत्कालिन माओबादी केन्द्रका तर्फबाट एमालेको अध्यक्ष हुने कुरा पक्का पक्की जस्तै भएकाले सचिबमा आफ्नो तर्फबाट नेता पठाउने छन । एमाले र माओबादी दुबैका कमिटी भंग भैसकेकाले तत्कालका लागि केन्द्रिय सदस्य गुप्तबहादुर हमालको संयोजकत्वमा जिल्ला संयोजन समिति कायम रहेको छ भने दुबै पार्टीका पुर्व पदाधिकारीहरु समेत जिल्ला सदस्यको रुपमा रहेका छन ।

नेकपाको जिल्ला कमिटी ७५ सदस्यीय बनाउन प्रदेशले परिपत्र गरेपनि जिल्लामा नेतृत्व समायोजनमा समस्या देखिने भएपछि १ सय २५ सदस्यीय कमिटि बनाउन केन्द्रमा माग गर्ने निर्णय भएको छ । तत्कालिन एमालेकै ७५ सदस्यीय जिल्ला कमिटी छ भने तत्कालिन माओबादी केन्द्रको ४ सय ५८ जनाको जिल्ला समिति छ । माओबादी केन्द्रको तत्कालिन केन्द्रिय महाधिबेशन आयोजक समितिमा नै जिल्लाबाट २८ जना सदस्य छन । जिल्लामा नेतृत्व ब्यबस्थापन गर्न सहज होस भनेर कमिटी सदस्य थप गर्न माग गर्ने निर्णय भएको केन्द्रिय सदस्य गुप्तबहादुर हमालले जानकारी दिए ।

यसैबिच उक्त बैठकले तत्कालिन नेकपा(एमाले)को जिल्ला कार्यालयलाई एकिकृत पार्टीको जिल्ला कार्यालय बनाउने तथा तत्कालिन माओबादी केन्द्रको जिल्ला कार्यालयलाई जनसंगठनहरुको कार्यालय बनाउने निर्णय गरेको छ । पालिका र वडा तहका कमिटीको एउटै कार्यालय र बोर्ड राख्न निर्देशन दिने निर्णय पनि गरेको जिल्ला नेता गोबिन्द पहाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई