2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश नं ४ को विधेयक बहुमतले पारित

असार ५, पोखरा | प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ बहुमतले पारित गर्यो । 

आजको बैठकमा ‘राजश्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले प्रदेशको समृद्धिको आधार आर्थिक पक्ष भएकाले राजश्व प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

उहाँले कृषि, मनोरञ्जन, पर्यटनलगायतका क्षेत्रमा राजश्व संकलनलाई प्रभावकारी बनाइनुपर्ने र गिट्टी बालुवाजस्ता नदीजन्य वस्तुको उपयोगमा पनि करको दर निर्धारण गरिनुपर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कर वृद्धि मात्रले सर्वसाधारण मर्कामा पर्ने बताउँदै कर निर्धारणमा व्यावहारिक पक्षमाथि ध्यान पुर्याउन आग्रह गर्नुभयो । 

अर्का सदस्य हरिशरण आचार्यले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोग न्यून गर्दै विद्युत्बाट चल्ने साधनलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि सवारीसाधन कर छुट गरी प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । 

छलफलमा उठेका जिज्ञासाको प्रत्युत्तरमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको समृद्धि र विकासलाई लक्ष्य गरी बजेट ल्याइएको बताउँदै यसको कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नभनी अघि बढ्न आग्रह गर्नुभयो । 

आजै, मन्त्री गुरुङले विनियोजन विधेयक, २०७५ सभासमक्ष प्रस्तुत गर्नुभयो । अर्को बैठक बुधबार ११:०० बजे बस्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो