2026-10-15 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेश सभामा बजेटमाथि छलफल: सत्तारुढ दलका सांसदबाटै आलोचना

असार ५, सुर्खेत | कर्णाली प्रदेश सभामा मंगलबारदेखि विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक बर्ष २०७५/०७६ को बजेटमाथि छलफल सुरु भएको छ । छलफलमा सत्तारुढ दलकै साँसदहरुबाट बजेटको तीब्र आलोचना गरेका छन् ।

सरकारले महत्वाकांक्षी बजेट ल्याए पनि कर्णाली प्रदेशमा ठुला आयोजना टुक्रे योजनालाई प्राथमिकता दिएको आरोप लगाए । सरकारको बजेट वितरणमुखी भएको भन्दै सांसदले तीब्र आलोचना गरे । बजेटले प्रदेशको आवश्यकता पहिचान गरी बजेट विनियोजन गर्न नसकेको प्रतिपक्षी दलका नेता जीवन शाहीले आरोप लगाए । सरकारले राजनितिक आस्थाका आधारमा बजेट आएको टिप्पणी समेत गरे । ‘बजेटले सम्भाव्यताकोमात्रै चित्रण बढी गर्यो, जनमैत्री बजेट आएन’ शाहीले भने, ‘जनताले विकासको अनुभूति गर्न संघीयता ल्याएका हुन् ।’ तर सरकारले सपनाको भण्डार सिर्जना गरी बजेट ल्याएको आरोप लगाए ।

सत्तारुढ दलका साँसद कुर्मराज शाहीले बजेट हेर्दा आकर्षक र महत्वकांक्षी भएपनि कार्यान्वयनमा  चुनौती देखिएको बताए । अबको एक वर्षमा के काम पुरा हुन्छन् र नयाँ कस्ता आयोजनाहरु सञ्चालन गर्न सकिन्छ भन्ने योजनाहरु समाहित बजेट आउनु पर्ने शाहीले सुझाए । सांसद विन्दमान विष्ट र ठम्मर विष्टले सुर्खेतका बाढी पहिरो पीडितलाई पुनस्र्थापना गर्नेगरी बजेटमा कुनै कुरा नआएको भन्दै आपत्ती जनाए । बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको उनीहरुको आक्रोश थियो ।

सत्तारुढ दलकै सांसद पद्मा खड्काले प्रदेश सरकारले ल्याएको बजेटले संघीयता कार्यान्वय नभएको अनुभुती भएको बताईन् । ‘विगतमा केन्द्र सरकारले जसरी बजेट ल्याउथ्यो सोही अनुसार बजेट आयो’ खड्काले भनिन्, ‘जनताले महशुस गर्नेगरी बजेट नआएकाले सच्चाएर थप विषयहरु समावेश गर्नु जरुरी छ ।’ बजेट माथिको छलफल बुधबार पनि जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित