2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मुल्यबृद्धिको बिरोधमा तरुण दल दोलखा आन्दोलित

ताराबहादुर महत । असार १२, दोलखा । पछिल्लो समय देशमा दैनिक उपभोग्य सामाग्री लगायत निमार्ण सामाग्रीमा मुल्य बृद्धि गरिएको विरोधमा मंगलबार नेपाल तरुण दल दोलखाले चरिकोटमा एक घण्टा चक्का जाम गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टीको सरकार आएपछि विशेष गरी पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि भएकोप्रति आक्रोस व्यक्त गर्दै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल दोलखाले विहान ११ बजेदेखि १२ बजेसम्म चरिकोटस्थित सातदोबाटो चोकमा चक्का जाम गरेको हो । ‘कम्युनिष्ट पार्टीको सरकारले देशमा समृद्धि दिन्छु भन्दै उपहार स्वरुप मुल्य बृद्धि दिएको छ, मुल्य बृद्धि नघटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले भन्नुभयो । त्यसैगरी पुननिमार्णको लागि आवश्यक रड, सिमेन्ट, बालुवा, गिट्टि लगायतमा कालो बजारी मौलाएको भन्दै साङ्केकित विरोध स्वरुप चक्का जामको आयोजना गरिएको तरुण दल दोलखाले जनाएको छ ।

मुल्य बृद्धि बिरुद्धको आन्दोलन गरीरहेको नेपाल तरुण दल दोलखाले निमार्ण सामाग्रीको ढुवानीमा प्रयोग हुने ट्रिपरको चर्को भाडादर नियन्त्रण गरी एकरुपता कायम गर्नुपर्ने, जिल्लामा भईरहेको नदी दोहन नियन्त्रण गर्न क्रसर उद्योगलाई व्यवस्थित गर्नुपर्ने र भुकम्प पिडितलाई परिचय पत्रका आधारमा बालुवा गिट्टिको मुल्यमा १० प्रतिशत छुट दिनुपर्ने लगायतका माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई