२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सांसद गिरीमाथि प्रश्न:- चुनावका बेला दिन्छु भनेको ५ हजार भत्ता खै ? (भिडियो)

२०७५, १५ असार शुक्रबार १०:२१

असर १५,पर्वत । मंसिर २१ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको माहोलले देश निकै तातेको थियो । देशभरी चुनावको माहोल थियो । नेताहरु भाषण र कार्यकर्ता प्रवेश गराउन निकै व्यस्त थिए ।

चुनावको माहोल, आफ्नै पार्टीका पुराना नेताहरुलाईपछि पार्दै प्रतिनिधिसभाको उम्मेदवार बनेका युवा नेताका रुपमा परिचित तत्तकाली नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, जो हरेक चुनावी सभामा भाषणमा खरो रुपमा प्रस्तुत हुन्थे । प्रतिपक्ष नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीमाथि खरो रुपमा प्रस्तुत हुन्थे । 

१८ बर्षसम्म केहि गर्न सकेनन् । चारपटक  सांसद भए माखो पनि मारेनन् यस्तै यस्तै प्रतिपक्षमाथि आक्रोश भरिएका उनका भाषणमा कार्यकर्ताहरु ताली पिट्थे । बृद्धबृद्धा देख्थे त्यसपछि भनिहाल्थे । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार पुषमा बन्छ । माघमा पुरक बजेट आउँछ । 

आमा, बुवा सुन्नुहोस् ,

मलाई भोट दिएर जिताउनुहोस्, तपाइको बृद्धभत्ता पाँच हजार हुन्छ । माघबाटनै पाँच हजार भत्ता बुझ्ने भए भोट मलाइ नै होल्नुहोस् ।

सास रहुन्जेल आस रहन्छ । त्यसमाथि बृद्धबृद्धाको भत्ता बढ्ने आशाको त्यान्द्रोले उनीमाथि विश्वास गर्न बाध्य पनि बनायो ।

एक कारण थियो, तत्तकाली प्रधानमन्त्री मनमोहन अधिकारीनै बृद्धाभत्ताको प्रचलन ल्याए जून एमालेको राजनीतिका प्रमुख अस्त्र बन्न पुग्यो | दोस्रो कारण थियो, दुइ दल मिलेका छन् चुनाव यिनैले जित्छन त्यसैले भोट यीनैलाइ हालौ । 

हरेक सभा र फोरममा मान्य पदम गिरीको भत्ताको भाषण निकै चर्को हुन्थ्यो । प्रतिपक्षलाई झटारो हान्न पनि छोड्ने थिएनन् र भत्ताको राजीतिबाट उनी विमुख  भएर भाषण गर्न पनि सकेनन् अर्थात्  चुनावी प्रचारप्रसारको अबधीमा उनले बृद्धभत्ता पाँच हजार बनाउने उद्घोष नगरेको कुनै सभा पनि थिएन ।

प्रदेशसभाको लागि क्षेत्र नं १(क) बाट उम्मेदवार बनेका तत्तकाली नेकपा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी जो चुनावी हरेक  सभामा भाषणमा भन्ने गर्थे म समाजबादको पक्षमा लडिरहन्छु । अब देशमा समाजबाद आवश्यक छ यसको लागि मेरो आवाज उठिरहन्छ । तर उनले कुनै पनि फोरममा बृद्धा भत्ता पाँच हजार हुन्छ मलाइ भोट दिनुहोस भनेको रेकर्ड सायदै छैन होला ।

किनकी उनीलाई थाहा हुनुपर्छ, पार्टी एकता गर्ने भनी संयुक्त घोषणा पत्र जारी गरी चुनावी मैदानमा होमिएको एमाले र माओवादी भोली एक नहुन पनि सक्छन् वा भत्ताको राजनीति गरेर चुनावमा भोट माग्ने हाम्रो अधिकार छैन वा नैतिकताले दिदैन ।

अर्थात् उनले कुनै पनि फोरममा भत्ताको लोप देखाएर भोट मागेनन् । प्रदेशसभातर्फ क्षेत्र नं २(ख) बाट उम्मेदवार बनेका विकास लम्सालको भाषण पनि बेजोड थियो । प्रतिनिधिसभाका नेतृत्व गरिरहेका उनलाई प्रदेशसभामा झरालिनुले उनको मन दुखेको पनि हुनसक्छ । चुनावको बेलामा उनी कतिपय सभामा पदम गिरीसँग सहभागी नभएका उदाहरण पनि थिए । 

उनले पनि भत्ताको राजनीति गर्न भने पछि हटेनन् । सायद एमाले नेताहरु देशभरनै भत्ताको राजनीतिक नगरेका होलान भन्न सकिने ठाउँ पनि छैन । देशभर भनौ या संयुक्त घोषणा पत्रमा नै पाँच हजार बृद्धाभत्ता बढाउने भनि स्पष्ट उल्लेख गरिएको थियो ।

मान्य पदम गिरीको भाषणमा जोश थियो, बृद्धाबृद्धाहरुलाइ त्यो जोशले लोभ्यायो । भत्ताको राजनीतिले राजनीतिका पुराना खेलाडी मानिएका नेपाली काँग्रेसका नेता अर्जुन जोशीलाई उनले १० हजार भन्दा बढी मतान्तरले जिते । प्रतिनिधिसभाका सांसद बने ।

नेत्रनाथ अधिकारी पाँच हजार मतान्तरले विजयी भए अहिले प्रदेश ४ को सभामुख बनेका छन् भने विकास लम्साल प्रदेश ४ को बन तथा बातबरण मन्त्री बनेका छन् । 

देशभर चुनाव बामगठबन्धनले नै जित्यो । झण्डै दुइ तिहाइको सरकार बन्यो । यहि जेठमा सरकारको नीति तथा कार्यक्रम सार्वजानिक भयो । तर बृद्धबृद्धालाई चुनावमा देखाएको भत्ताको मोह भने पुरा गर्न सरकारले सकेनन् ।

अहिले यसको चौतर्फी विरोध भैराखेको छ । चुनावको बेलामा भत्ताको राजनीति गरेको तत्तकाली एमाले अहिले त्यसलाइ फरक ढंगले व्याख्या र  विश्लेषण गरिरहेको छ । बृद्धा भत्ता नबढाइनुमा स्यमं  एमाले र माओवादी मिलि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पनि विरोध शुरु भएको छ ।

मान्य पदम गिरीलाइ चुनावमा गरेको भाषणले अहिले हरेक सभासमारोहमा प्रश्न चिन्ह उठाइरहेको छ । मान्य ज्यू भत्ता माघबाटै पाँच हजार भनेको होइन । असार लागिसक्यो भत्ता बढेन नी ।

हात्तीको दाँत जस्तै बृद्धाभत्ताको यो राजनीतिले उनको पहिलो प्रतिनिधिसभाको यात्राको पहिलो कदममानै प्रश्नचिन्ह उठाइरहेको छ । झुटको खेती गरेको राजनीतिक कतिञ्जेल टिक्ला ?

चुनावमा गरेको कबुल पुरा गर्नको लागी सरकारले पाँच हजार बृद्धाभत्ता दिने व्यवस्था नगरेपनि अब आफूले पाउने सेवा सुविधाबाट पर्वतमा रहेका जेष्ठ नागरिकहरुको भत्ता बढाउने कि ?

हिन्दुधर्ममाथि सांसद गिरीले गरे यतिठूलो अपमान, छालाकै जुत्तासँग भवन गरे भवनको शिलान्यास (भिडियो सहित)

पर्वत । नेकपा पर्वतका प्रतिनिधिसभाका सांसद पदम गिरीले हिन्दहरुधर्ममाथि ठाडो प्रहार गरेका छन् । बुधबार खानेपानी भवनको शिलान्यास गर्नको लागि वारी बेनी माझफाँट पुगेका सांसद गिरीले हिन्दुधर्ममाथिनै अपमान हुने हर्कत देखाएका हुन् ।

भवनको शिलान्यास गर्नेक्रममा उनी जुत्ता सहित सहभागी भए । हिन्दु धर्म परम्परा अनुसार यस्तो पूजाआजमा छालाका कुनै पनि बस्तु धारणा गर्न हुदैन र चोखो निष्ट हुनुपर्छ भन्ने प्रचलन छ तर उनले हिलोबाट आफूलाइ जोगाउनको लागि छालाका जुत्तासँगै शिलान्यास कार्यक्रममा सहभागी भएका हुन् ।

हिन्दुधर्मको अपमाननै हुने गरी सांसद गिरीले देखाएको हर्कतको अहिले सामाजिक संजामा निकै भाइरल भएको छ । उनले देखाएको हिन्दुत्वमाथिको अपमान ८५ प्रतिशत हिन्दुबादीहरुको रगतनै तान्ने खालको  देखिएको छ । उनलको यो हर्कतको चौतर्फी विरोध हुन थालेको छ । 

केहि दिन अगाडि संसदमा बजेट बारे बोल्ने क्रममा अनाबृष्टि, अल्पबृष्टि, अतिबृष्टिका कुरा उठाएका सांसद गिरीलाइ अब भने आलोचनाका अतिबृष्टि हुने सम्भावना बढेको छ ।

कम्युनिष्ट नेताहरु आफूलाई नास्तीक ठान्छन् । धर्मकर्ममा विश्वास गर्दैनन् तर पछिल्ला समयमा कम्युनिष्ट नेताहरु धर्मकर्ममा लागेको उदाहरणहरु धेरै छन् । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पछिल्लो समयमा धार्मिक भक्ति भएको उदाहारण ताजानै छ । 

केहि महिना अगाडी उनी चितवनमा धार्मिक भ्रमणका रुपमा परिवासँग देवघाट गएका दृश्यहरु निकै भाइल पनि भए । आफूलाई कम्युनिष्ट ठान्नेहरु पछिल्लो समयमा धर्मकर्ममा लागेको अर्को उदाहरण हो नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका बेलामा धार्मिक भ्रमण पनि गर्न भ्याए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा स्वागतको नाउमा उनी पनि पूजा गर्न त्यहाँ भ्याए । अर्थात् कम्युनिष्टहरु धर्मकर्ममा पनि लागेको यी जल्दाबल्दा उदाहरणहरु मात्रै हुन् ।

नेपालमा झण्डै ८५ प्रतिशतको हाराहारीमा हिन्दुधर्मलम्बीहरु रहेका छन् तर पनि देश हिन्दुनिरपेक्षताको देश घोषणा भैसकेको छ । बेलाबेलामा हिन्दु धर्म बचाउ अभियानका अभियान्तहरु भनौ वा राजनीतिक दलहरु यहि धर्मको प्रचारलाई आफ्नो मुल अस्त्रका रुपमा लिने गरेका पनि छन् । 

हिन्दुधर्म अनुसार पूजाआजमा छालाका जुत्ता वा छालाबाट बनेका कुनै पनि बस्त्र धारणा गरी पूजा गर्नुहुदैन भन्ने मान्यता छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन