2026-09-19 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ४ को नाम ‘गण्डकी’ राखेकोमा माओवादी केन्द्रद्वारा आपत्ति सहित बन्दमा ऐक्यबद्धता

असार २५, काठमाडौँ | प्रदेश ४ को नाम ‘गण्डकी’ राखेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बिरोध सहितको बिज्ञप्ति निकालेको छ । ने.क.पा.(माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रदेश नं. ४ का इन्चार्ज भविसोर पराजुलीले प्रदेश नं. ४ को नाम गण्डकी प्रदेश राखेकोमा गम्भीर आपत्ति जनाउँदै विज्ञप्ती जारी गरिएको बताएका छन् । 

जारी प्रेस विज्ञप्तीमा गण्डकी प्रदेश नाम राख्दा पहिचाहन सहितको संघियता माथि कुठारघात भएको उल्लेख छ । बिज्ञप्तिमा माओवादी आन्दोलनले लामो समयदेखि उठाउँदै आएको पहिचाहन सहितको संघियतालाई ‘गण्डकी’ नाम राख्नुले गम्भीर प्रहार गरेको भन्दै प्रदेशको नाम गण्डकी प्रदेश मात्र राख्नु पञ्चायती राज्यको संरचनालाई निरन्तरता रहेको उल्लेख छ । 

विज्ञप्तीमा प्रदेश सरकारले गरेको निर्णय फिर्ता गरी प्रदेश नं. ४ लाई ऐतिहासिक मानव सभ्यता र भूगोलको आधारमा ‘तमुवान गण्डकी’ प्रदेश नामाकरण गर्न माग गरिएको छ । बिज्ञप्तिमा भनिएको छ – ‘यदि प्रदेश सरकारले यसो नगरे हाम्रो महान् तथा गौरबशाली पार्टी नेकपा (माओवादी केन्द्र) लाई मान्य नहुने र पहिचान सहितको संघियताको पक्षमा आन्दोलन थप कडा आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गर्छौं ।’ 

तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले पनि गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गण्डकी बन्द आव्हान गरेको छ । जसको कारण पोखरामा आज बिहानै देखि बन्द छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । 

यसै बिषयमा जानकारी दिंदै माओवादी केन्द्रका उपाध्यक्ष भविसोर पराजुलीले आज तमुवान मगरात संघर्ष समिति र आदिवासी जनजाती महासंघले पहिचाहन सहितको सघियताका लागि गरेको ४ नं. प्रदेश बन्द प्रति  ऐक्वेवद्धता जाहेर गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता