२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ एजेन्डामा छलफल गर्दै नेपाल-भारत सीमा सुरक्षा बैठक दार्चुलामा सम्पन्न

२९ असार २०७५, शुक्रबार ०२:४१

लोकेन्द्रप्रसाद जोशी | असार २९, दार्चुला । दार्चुला सदरमुकाम खलंगामा बिहिबार नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । दुबै पक्षको तर्फबाट पुर्ब निर्धारीत २४ एजेन्डाहरुको बिषयमा छलफल गर्दै नियमित सीमा सुरक्षा बैठक सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरु सम्मेलित बैठकमा मुख्यतया बिपद् ब्यबस्थापन, सीमा अपराध र सीमा सुरक्षाका बिषयमा छलफल केन्द्रीत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । बैठकमा नेपाली पक्षको तर्फबाट १३ र भारतिय पक्षको तर्फबाट ११ एजेन्डामा छलफल भएको हो ।


बैठकले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दुवै देशका अधिकारीहरु सहकार्य गरेर  अगाडि बढ्ने समझदारी भएको छ । सीमा सुरक्षा समन्वय बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्दै सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको जानकारी गराइएको हो । यस्तै केहि दिन अघि मात्रै वन्यजन्तु तस्कर समातिएको कारण दुवै देशका अधिकारीबीच सूचना आदान प्रदान गरेर यस्ता गतिविधि निष्कृय पार्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ । दार्चुलामा हुने अपराधिक क्रियाकलाप दुई देशको मात्रै नभएर त्रिदेशीय सीमासम्म गतिविधि हुने भएकोले दुवै देशका अधिकारीहरुले ध्यान दिएर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । मानव वेचबिखन, अवैध चोरी शिकारी नियन्त्रण, अवैध सामान वन्यजन्तु जडिबुडी चोरी शिकारीको सम्बन्धमा सीमा क्षेत्रमा सहकार्य गरेरै अघि बढ्ने विषयमा छलफल भएको आचार्यले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

पिथौरागढका जिल्ला अधिकारी सी रविशंकरले सीमा क्षेत्र सम्बदेनशील भएको कारण दुवै क्षेत्रबाट सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताउनुभयो । खोतिला पहिरो ब्यबस्थापन, धौलिगंगा बाधँको सूचना आदानप्रदान गर्ने, दुबैदेशको पर्यटन पर्बद्धन गर्ने बिषयमा समेत छलफल भएको रबिशंकरले जानकारी दिनुभयो । बैतडीका प्रमुख जिल्ला अधिकारुी सिद्धराज जोशीले दार्चुला र बैतडीको समस्या समान भएको भन्दै सीमा क्षेत्रको समस्या समाधानको लागि साझा पहल भएको जानकारी दिनुभयो ।


बैठकमा नेपालकातर्फबाट अघिल्लो बैठकको समिक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, बंगाबगड खोतिला पहिरो, मानव वेचबिखन, अवैध सामान ओसारपासार जोडीबुडी ओसारपसार, लागू पदार्थ ओसार पसार नियन्त्रण, विपदमा खोज उद्धार तथा राहत, धौलीगंगा बाध खोल्ने समय, प्रस्तावित झोलुंगे पूलहरुको सहमतिबारे, दुइपक्षीय समन्वय, सूचना आदान प्रदान नियमित गर्ने, तथा अन्य विविध विषयमा छलफल गरिएको छ ।

यस्तै भारतीय पक्षले सीमा सम्बन्धी अपराध, अवैध नसालु पदार्थ ओसार पसार, मानव वेचबिखन,  अवैध सिकार, पारस्परिक सुरक्षा, नक्कली नोट, सीमा क्षेत्रमा हुने आइएसका गतिविधि, सीमा क्षेत्रका प्रहरीहरु बीचको समन्वय, दुवै क्षेत्रमा गस्ती, बंगाबडको पहिरो नियन्त्रण, प्रस्तावित पूलहरु सूचना आदान प्रदान लगायतका एजेण्डा प्रस्तुत गरिएको थियो ।

यसैबिच भारतको खोतिला पहिरो व्यवस्थापन भदौ अन्तिमदेखि काम सुचारु गर्न निर्देशन दिइएको छ । नेपाली पक्षले धारचुलाको खोतिला पहिरोका कारण सदरमुकाम खलंगा जोखिममा रहेको भन्दै बैठकमा एजेण्डा राखेका थिए । पिथौरागढका जिल्ला अधकिारी सी रविशंकरले सेप्टेम्बर १५ देखि काम सुचारु गर्न बैठकमा निर्देशन दिइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला