पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी ह"/>
2026-07-06 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सासंद पदम गिरीले गर्न थाले झुटको खेती (भिडियो सहित)

2018-07-14

पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी हुन संभव नभएको बताएका हुन् । ‘मलाई ८ हजार काँग्रेसका नेता कार्यकर्ताले भोट दिएको भएर जितेको हुँ,’ उनले भने,‘ नेकपाका कार्यकर्ताहरुको मतले मात्रै मैले जित्न सक्दैनथे । त्यसैले म काँग्रेसका कार्यकर्ताहरुको पनि साँसद हुँ ।’


काँग्रेस भित्रको अन्तरघातको बहष चलिरहँदा पर्वतबाट निर्वाचित साँसद गिरीले खुल्ला मञ्चमै काँग्रेसमा अन्तरघात भएको खुलासा गरेका छन् । उनले काँग्रेसका कार्यकर्ताहरुले इमान्दार पूर्वक मत हालेको स्विकार्दा कार्यक्रममा पूर्व साँसद अर्जुनप्रसाद जोशी पनि मञ्चमै थिए । गिरी जोशीका प्रतिद्धन्दी हुन् । तीन तीन पटक चुनाव जितेका जोशी काँग्रेसकै नेता कार्यकर्ताले अन्तरघात गरेर चुनावमा पराजित भएको गिरीको भनाईले पनि पुष्टि गरेको छ ।


अन्तराघातीलाई कारबाहि नहुँदा र पार्टिमा नेता र कार्यकर्ताहरुमा अनुसासन नहुँदा काँग्रेसले आफ्नो पकेट क्षेत्र पर्वतमा निराश हुनु परेको विश्लेषण भैरहन्छ । तर अन्तरघातीलाई कारबाहि हुन सकेको छैन् । अन्तरघातीलाई कारबाहि गर्न प्रमाण नभएको कारण कारबाहि गर्न नसकेको काँग्रेस नेतृत्वले बताउँदै आएको छ ।



काँग्रेसभित्रको अनुसासनहिनताले वामपन्थी पार्टिलाई फाईदा हुँदै आएको छ । पर्वतका दुबै निर्वाचन क्षेत्रमा काँग्रेसका नेता कार्यकर्ताहरुले अन्तरघात गरेकै कारण चुनावमा पराजित भएको कुरा कसैबाट छिपेको छैन् । स्थानीय निर्वाचनमा समेत अन्तरघातकै कारण अधिकाँश वडा र पालिकामा काँग्रेसले पराजय भोगेको थियो । अहिले वामपन्थी नेतृत्वले काँग्रेसलाई हरेक कुरामा पेलेको पेल्यै छ । चुनावमा अन्तरघात गरेका नेता कार्यकर्ताहरुलाई बल्ल अहिले घातका कारण पछुतो भएको सुन्ने गरिन्छ । पार्टिले यसतर्फ बेलैमा ध्यान दिएर अन्तरघातको रोग निको पार्न कार्यकर्ताहरुले आवाज उठाउँदै आएका छन् ।  


प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी प्रचारमा सहभागी हुन आउँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतको कुश्मामा रेल ल्याउने घोषणा गरेका थिए । ओलीले केरुङ हुँदै पोखरासम्म आउने रेल पर्वतको कुश्मा हुँदै बेनीसम्म पुग्ने बताएका थिए । ओलीले कुश्मामा रेल स्टेशन बन्ने पनि दावीका साथ भनेका थिए । तर साँसद गिरीले मोदीमा भएको कार्यक्रममा भाषण गर्दै ओलीले पर्वतमा रेल आउने कुरा भन्दै नभनेको जिकिर गरे । पर्वतमा रेल आउँछ भनेर ओलीले भनेको भन्दै विपक्षीहरुले खुराक बनाएको भन्दै गिरीले ओलीले पर्वतमा रेल आउने कुरा नै नगरेको भनेका छन् । तर साँसद गिरीले बान्द्रेविँडीमा ओलीको भाषण सुन्नेलाई समेत वुर्वक बनाएर पर्वतमा रेल आउने कुरा नभनेको जिकिर गरेका छन् ।


गिरी र ओलीले सरकारले जेष्ठ नागरिकलाई यहि बर्ष पाँच हजार सामाजिक सुरक्षाभत्ता पुराउने पनि बताएका थिए  । वर्तमान सरकारले सामाजिक सुरक्षा भत्ता समेत बढाएन् । नेताहरुले भाषण गरेका कुरा चुनाव जितेपछि भुल्दै जाने रोग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने