2026-07-06 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

साउन २, पोखरा | प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । 

गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ । 

संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि यो प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । 

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली बिहीबार पोखरा आउन लाग्नुभएको हो । 

साधारणसभाले विश्वविद्यालयको आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यप्रगतिको समीक्षाका साथै आ.व. २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने