2026-07-06 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्ति बिद्यार्थी युनियनका महासचिव सहित दर्जन पक्राउ

साउन ३, काठमाडौँ । नयाँ शक्ति बिद्यार्थी युनियनमा महासचिव सहितका नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाउने क्रममा नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा, सदस्य नरेन्द्र बस्याल, ४ नम्बर प्रदेश सचिव संगीत लामिछाने लगाएतका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

आफ्ना नेता तथा साथीहरु पक्राउ परेपछि नयाँ शक्ति बिद्यार्थी युनियनले पक्राउ गरिएका संगठनका सबैलाई तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ । संगठनका प्रबक्ता ओम महतोको हस्ताक्षर रहेको बिज्ञप्तिमा सार्वभौम नेपाली जनताको स्वतन्त्रतापूर्वक भेला हुने, विरोध गर्न पाउने हक अधिकारको विपरित केपी ओली सरकारले अधिनायकवादी शैलिमा शान्तिपुर्ण रुपमा प्रदर्शनमा उत्रिएका हाम्रा संगठनका केन्द्रिय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा, सदस्य नरेन्द्र बस्याल, ४ नम्बर प्रदेश सचिव संगीत लामिछाने लगाएतका साथीहरुलाई प्रहरीले प्रदेश सभाको कार्यालय, पोखराबाट धरकपट गरी अपहरणशैलीमा गीरफ्तार गरीएको घटनाको घोर निन्दा गरेको जनाएको छ ।

साथै बिज्ञप्तिमा संगठनले गीरफ्तार गरिएका साथीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । 'हाम्रो माग सुनुवाई नगरिए कडा संघर्षमा उत्रिने चेतावनी यसै विज्ञप्तिबाट जानकारी गराउछौं' बिज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने