2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा नेकपाको १३५ सदस्यीय जिल्ला कमिटी बनाउने सहमति

साउन२ ५, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापमा जिल्ला कमिटीमा रहने सदस्य संख्याको भागवण्डामा सहमति भएको छ । बिहिवार बसेको रामेछापका केन्द्रीय सदस्य,दुवै पार्टीका पूर्व जिल्ला इन्चार्ज, पूर्व जिल्ला अध्यक्षहरुबीच भएको छलफलले सहमति जुटाएको हो ।

नेकपाका केन्द्रीय सदस्य माधव ढुङ्गेलले जिल्ला कमिटीमा रहने सदस्यको संख्या र पालिकाको नेतृत्व कसले गर्ने भन्‍ने बिषयमा सहमति जुटेको फेशबुकमार्फत जानकारी दिएका छन् । उनका अनुसार नेकपाको सांगठनिक संरचना रामेछापमा १ सय ३५ सदस्यीय जिल्ला कमिटी बन्ने भएको छ । कमिटीमा पूर्व एमालेबाट ६९ र पूर्व माओवादीबाट ६६ जना सदस्य रहने छन् । 

बिहिवार केन्द्रीय सदस्यहरु देवशकंर पौडेल, श्यामकुमार श्रेष्ठ, कैलाश ढुंगेल, माधव ढुंगेल, कमल चौलागाइ, युवराज चौलागाइ, पूर्व एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल, माओवादी केन्द्रका पूर्व जिल्ला इन्चार्ज धावा लामा,पूर्व जिल्ला संयोजक मैनकुमार मोक्तानसहित बसेको बैठकले सख्या बाँडफाडमा सहमति जुटाएको हो । यस अगाडि पनि विभिन्न चरणमा छलफल भएको थियो ।


नेकपाका नेता युवराज चौलागाईले नेपाल कम्युनिष्ट पार्टी, रामेछापको सैद्धान्तिक रुपमा गठन प्रक्रिया सम्पन्न भएपनि केही दिनमै यस प्रक्रियाले अन्तिम रुप पाउने जानकारी दिए । पूर्व एमालेका रामेछाप अध्यक्ष समेत रहेका प्रदेश ३ का सांसद शान्ति प्रसाद पौडेलले जिल्ला कमिटीमा रहने सदस्यहरुको बारेमा सहमति जुटेको बताए । एमालेबाट पार्टी एकतापूर्व रहेको जिल्ला कमिटीभित्रबाटै जिल्ला सदस्यको छनोट हुने बताइएको छ ।  

नेकपाका केन्द्रीय सदस्य ढुंगेलका अनुसार रामेछापका आठ वटा स्थानीय तहमा नेतृत्व गर्ने विषय पनि टुंगो लागेको बताएका छन् । उनका अनुसार मन्थली नगरपालीका, उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोसी र खाँडादेवी गाउँपालिकामा तत्कालिन एमालेले नेतृत्व गर्नेछ । त्यसैगरी रामेछाप नगरपालिका, सुनापति र दोरम्बा गाउँपालिकामा भने तत्कालिन माओवादी केन्द्रले नेतृत्व गर्नेछ । रामेछापको विभिन्न वडामा निर्वाचनको क्रममा जितेको पार्टीहरुले नै नेतृत्व गर्ने र कांग्रेसले जितको वडामा बराबरी नेतृत्व लिने गरी सहमति भएको छ । यो सँगै अब कमिटी गठन प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई