2026-10-15 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

२०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा विभाजन गरी कर्णालीलाई सुदूरसँग जोडेको बिरोधमा कर्णालीवासीहरु थालेको आन्दोलनका क्रममा सुर्खेतमा तीन जना र जुम्लामा हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुवँरले एक कार्यपत्र प्रस्तुत गर्दै कर्णालीले राजनीतिक एजेण्डाहरु गुमाउदै गएको भन्दै चिन्ता व्याक्त गरे ।

उनले छुट्टै स्वायत् कर्णाली प्रदेश बनाउनुपर्ने मागसहित कर्णालीवासीले थालेको आन्दोलनका क्रममा जुम्लाका हरिबहादुर सहित सुर्खेतका तीन जना गोपालसिंह रजवार, यमबहादुर बिसी र टिकाराम गौतमले ज्यान गुमाए त्यस अनुसार कर्णालीले राजनीतिक एजेण्डामा अडान लिन नसकेको बताए ।

उनले नेपालमा संघीयताको मर्म अनुसार स्थानीय तहदेखी, प्रदेश सरकार र संघीय सरकारले आफ्ना कामहरु नागरिकको पक्षमा गर्न नसकेको बताउदै कर्णाली प्रदेशको प्राप्तीका लागि ज्यान गुमाउने सहिदहरुको सपना अनुसार कर्णाली प्रदेश अगाडी बढ्न नसकेको आरोप लगाए । उनले भने, ‘राज्यको नीतिगत समस्याका कारण कर्णालीवासी पिछडापनको शिकार भएका छौँ ।’

जनसंख्याको आधारमा प्रतिनिधित्व र सेवा प्रवाह हुँदा कर्णाली बिभिन्न सेववाहरुबाट बञ्चित हुँदै आएको छ । सहिदहरुले रगत बगाए, २०७२ भदौ ५ गते सरकारले पनि छुट्टै कर्णाली प्रदेशको त घोषणा गर्यो तर न स्वायत् भयो, न कर्णाली स्वायत् बिशेष क्षेत्र नै बन्यो । हामीले पुरा एजेण्डा कायम गर्न सकेनौ ।

कार्यक्रममा उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै जिल्ला बारका अध्यक्ष हिक्मतबहादुर बिष्टले  मुलुकको संघिय संरचना अनुसार निर्माण भएको स्थानिय तहहरु बिभिन्न अनियमितता गर्ने तिर केन्द्रित भएकाले संघीयताप्रति नागरिकको विश्वास घट्दै गएको बताए । उनले कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहमा ठोल समृद्धिको योजना र सपना नहुँदा प्रचुर सम्भावनाभित्र अध्यारो प्रदेश बन्नु परेको बताए ।

प्रदेश सभा सांसद कुर्मराज शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका नेता चित्रसिंह गाँउलेले कर्णाली दलाल सामान्तबादबाट कर्णाली मुक्त हुन नसकेको बताए । उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले नै सामान्तवादको नेतृत्व गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा