2026-08-30 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिकासको योजना बनाउन कर्णालीका मन्त्रीहरु काठमाडौमा

भदौ २३, सुर्खेत | कर्णाली सरकारका मन्त्रीहरु बिकासको योजना बनाउन काठमाडौ गएका छन् । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक बिकास मन्त्री दल रावलसहितका मन्त्रीहरु सरकारले गठन गरेको विज्ञ समूहसंग छलफल गरी कर्णाली बिकासको योजना बनाउन काठमाडौ गएका हुन् ।

कर्णालीको बिकास योजनाबारे शनिबार सरकारका मन्त्रीहरुले विज्ञ समूहको बैठक गरी छलफल गरेको जनाएका छन् ।

कर्णाली सरकारको मन्त्री परिषदले गत शनिबार विज्ञ समूह गठन गरेको थियो । शनिबार काठमाडौमा बसेको विज्ञ समूहको पहिलो बैठकले विज्ञ समूहको कार्यविधी मस्यौदा गर्ने, काठमाडौमा सम्पर्क कार्यालय स्थापना गर्ने, कर्णाली सरकारको बजेट तथा सरकारको नीति र कार्यक्रम कार्यान्वयनका लागि योजना बनाउने, कानून निर्माणमा सहयोग गर्नेलगायतका निर्णयहरु गरिएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । ‘कर्णाली बिकासको लागि विज्ञ समूहले सरकारलाई सल्लाह र आफ्नो विज्ञताका क्षेत्रहरुको योजना बनाउन सहयोग गर्ने निर्णय गरेको छ’ मन्त्री ज्वालाले भने । विज्ञ समूहको बैठकले सुरेश तिवारीको संयोजकत्वमा सुरेन्द्रबहादुर शाही र गोविन्द कोइराला सदस्य रहेको विज्ञ समूहको कार्यविधी मस्यौदा समिति गठन गरेको मन्त्री ज्वालाले बताए । बैठकले कर्णाली सरकारको चालु आर्थिक बर्षको बजेट तथा नीति कार्यक्रम कार्यान्वयका लागि पुण्य रेग्मीको संयोजकत्वमा सुरेन्द्र उप्रेती र कुशेन्द्र महतले सहयोग गर्ने गरी सुझाव समिति बनाएको छ ।

कर्णाली बिकासका लागि दिर्घकालिन योजना जरुरी भए पनि काठमाडौमा बसेर बनाएको योजनाले कर्णालीको मर्म समेट्न नसक्ने नेपाली काँग्रेसका सांसद दिनबन्धु श्रेष्ठले बताए । ‘योजना बनाउन विज्ञता चाहिन्छ । सरकारले विज्ञ किन बनायो भन्ने होइन तर काठमाडौ बसेर कर्णालीको बिकास योजना बनाउने भए हामीलाई संघीयता किन जरुरी थियो ?’ उनले प्रश्न गरे । जनतालाई समृद्ध कर्णालीको सपना देखाएर बिकासको योजना बनाउन काठमाडौ धाउनु उचित नभएको उनको तर्क छ । कर्णाली सरकारले गठन गरेको विज्ञ समूहमा नेकपाका नेता जनार्दन शर्मालाई विज्ञ समूहको संयोजक बनाइएको छ । शनिबार काठमाडौमा बसेको विज्ञ समूहको बैठकको अध्यक्षता शर्माले गरेका छन् । कर्णाली सरकारको मन्त्री परिषद बैठकले अघिल्लो शनिबार कर्णालीको बिकासका लागि विज्ञ समूह बनाए पनि संयोजक तोकेको थिएन । कर्णाली सरकारले बनाएको विज्ञ समूहमा आर्थिक, कृषि, निर्माण, कानूनलगायतका विभिन्न बिषयका विज्ञहरुको संलग्नता रहेकोले सरकारले योजना बनाउन र कार्यान्वयन गर्न सजिलो हुने बताइएको छ ।

सरकारले बनाउने योजनामा सहयोग गर्ने गरी पूर्ण पूर्ण स्वयम्सेवी भनिएको विज्ञ समूहको पहिलो बैठकले  काठमाडौमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयले कर्णाली सरकारलाई आर्थिक भार बढाउने संकेत गरेको छ । कर्णाली बिकासका लागि गत शनिबारको मन्त्री परिषद बैठकले जनार्दन शर्मा, बालानन्द शर्मा, डा. सुरेश तिवारी, डा. पुन्य रेग्मी, डा. कृण्ण प्रसाद पौडेल, सुरेन्द्रविक्रम शाह, मुक्ति प्रधान, डा. पदम शाही, डा. कुसेन्द्र महत, गोविन्द बन्दीहरु रहेको विज्ञ समूह गठन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने