2026-07-07 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लिखु तामाकोशी गाउँपालिकामा नेपाल तरुण दलकाे १५ सदस्यीय नयाँ कार्यसमिति चयन

असाेज ७, रामेछाप ।

नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले लिखु तामाकोशी गाउँपालिका स्तरीय कार्यसमिति निर्बिरोध चयन गरेकाे छ । शनिबार धाेबीमा भएकाे भेलाले तदर्थ समितिका संयोजक धनबहादुर मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेकाे हो । समितिकाे उपाध्यक्षमा पुस्कर पाैडेल र निर्मल मगर, सचिवमा बीरेन्द्र बाेहाेरा, सहसचिवमा लक्ष्मण खड्का, काेषाध्यक्ष साैगात तामाङ चयन भएकाे नेपाली काङ्ग्रेस रामेछापका क्षेत्रीय सचिव निरोज खड्काले जानकारी दिए । उनका अनुसार सदस्यहरुमा प्रविन सुनुवार, सुरेश श्रेष्ठ, दिनेश सुनुवार, प्रेम तामाङ, टेकबहादुर तामाङ,प्रजन थापामगर, शम्भु सुनुवार र प्रकाश तामाङ र रमेश बस्नेत  रहेका छन् । 


त्यस्तै वडा नं ३ मा प्रमोद केसीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता तथा गत निर्वाचनका प्रदेश सभा उम्मेदवार रत्नबहादुर कार्की, महाधिवेशन प्रतिनिधि कृष्ण महत, पार्टी कोषाध्यक्ष कुमार श्रेष्ठ, पुर्व महासमिति सदस्य युवराज भट्टराई, तरुणदल जिल्ला अध्यक्ष काजिबहादुर खड्का लगायतको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लवश्री न्यौपानेले लिखु तामाकोशी गाउँपालिका जिल्लामै भ्रष्टाचारको मुख्य अखडा बनेकोले अब तरुण युवाहरुले भ्रष्टाचारीहरुलाई समाजमा नङ्गाउनु पर्ने बताए । उनले समाजमा देखिएका विकृति विसङ्गतिलाई हटाउन लागी पर्न समेत आग्रह गरे ।


कार्यक्रममा नेका जिल्ला सदस्यद्वय पदम माझी, भोजराज खड्का, क्षेत्रीय सचीव निरोज खड्का, गाउँपालिका समिति अध्यक्ष योगेश्वर तिमिल्सिना, वडा नं २ का अध्यक्ष पदम तामाङ,  तरुणदकका क्षेत्रीय सभापति बिमल घिसिङ, नेविसंघका नेता सुशील बख्रेल र उत्तम कार्की लगायतले पनि सम्बोधन गरेको थिए । तरुण भेलामा सात वटा वडाका गरि १५० जना अगुवा तरुणहरुको उपस्थिति रहेको थियाे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने