2026-08-29 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमलाई आज हेटौंडामा संबोधन गर्दै उहाँले प्रदेशका अधिकार संघिय सरकारले अतिक्रमण गर्दै गएको बताउनुभयो ।

जिल्ला स्तरमा रहने सिडीयो र एसपी संघिय सरकार मातहत भएपनि प्रदेश सरकार संगको सहकार्य गरेर अगाढी बढ्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको अबस्था भनेको संक्रमण कालको अबस्था रहेको बताउँदै उहाँले भन्नुभयो–क्रसर उद्योग र नदिजन्य पदार्थको क्षेत्रमा प्रदेश सरकारले एउटा मापदण्ड बनाउँदै छौ तर यहीबेलामा घरेलु कार्यालय मार्फत संघिय सरकारले जिल्ला स्तरमा रहेका क्रसर उद्योगहरु बन्द गरिदिएको छ । अहिलेको अबस्थामा हामि संघिय सरकार संग सहकार्य गरेर मापदण्ड बनाउनेछौ ।’

स्थानिय तहका जनप्रतिनिधिहरुले आफ्ना सुझाब राख्दा ठेकेदारको भाषा बोलेकोमा आपत्ति जनाउँदै उहाँले स्थानिय तह पनि सरकार हो त्यसैले सरकारको कुरा गर्न उहाँले चेतावनी समेत दिनुभयो । मुख्यमन्त्री कार्यालयको आयोजनामा नदिजन्य पदार्थको ब्याबस्थापनका सन्धर्बमा सुझाब दिनका लागि तीन नंम्बर प्रदेशका ३२ वटा स्थानिय तहका प्रमुख तथा प्रशाकिय अधिकृतहरु धेरैले क्रसर उद्योगलाई प्रसय दिनेगरी आफ्ना कुरा राखेपछी मुख्यमन्त्री पौडेलले यस्तोकुरा बताउनुभएको हो ।

प्रदेश सरकारले बनाएका कानुन र कार्यबिधी नमान्ने भनेर केही स्थानिय तहले भनेकोमा आक्रोस ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो– जसले प्रदेशको कानुन मान्दैन उनिहरुका लागि प्रदेश सरकारले दिने अनुदान रोक्ने छौ । प्रदेश सरकारले संबिधानले दिएको भुमिका अनुसार कानुन निर्माण गरेका हौ । प्रदेशभरी त्यो कानुन कार्यनयन हुनुपर्छ ।’ अहिलेको अबस्थामा तीन वटा सरकार बिच समन्वय गरेर अगाढी बढ्नुको बिकल्प नभएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । नदिजन्य पदार्थमा बषौ अघिदेखि देखिएका समस्याको दिगो समाधान गर्नका लागि प्रदेश सरकार लागिपरेको उहाँको भनाई छ ।

कार्यक्रममा तीन नंम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले नदिजन्य बस्तु अब ब्यबस्थित गर्नैपर्ने बताउनुभयो । नदिजन्य पदार्थको ओसारपसार, उत्खनन्मा अराजकता बढेकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । अब सबैको सुझाबका आधारमा अगाढी बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल, प्रमुख सचिब आनन्दराज ढकाल, जिल्ला समन्वय समितिका प्रमुखहरु, बिभीन्न स्थानिय तहका प्रमुख तथा प्रशाकिय अधिकृतहरु, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केबल भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत नबराज पुणासैनीले छुट्टा छुट्टै प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिब रुद्रादेबि शर्माले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ