2026-10-15 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दलाली र भ्रष्ट सोच त्यागौं’

असोज २०, कालिकोट | स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा सदरमुकाम मान्ममा स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री शाहीले ठुलो वलीदानको जगमा बनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको औंल्याएका छन् ।

भ्रष्ट्राचारवाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकताको विकास हुने बताउदै मुख्यमन्त्री शाहीले प्रश्न गरे ‘कामै नगरि गोजिमा पैसा आउने स्थिति भएमा कसले गर्छ श्रम ? अनि कसरी बन्छ मुलुक ?’ भ्रष्टाचार गर्ने उद्धेश्यले नै योजना निर्माण गर्ने र पकेटका मान्छेहरुलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा बढेको मुख्यमन्त्रीले चिन्ता व्यक्त गरे । स्थानीय जनप्रतिनिधिहरुलाई ईमान्दारिताका साथ काम गर्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुने बताए । कर्णालीको समृद्धिका लागि सवै नागरिकले २४ घण्टा श्रम गर्नुपर्ने संस्कारको विकास गर्न जरुरी शाहीले बताए । प्रदेश सरकारले श्रमदिन मनाउने गरेको र आफुले पनि ढुंगा बोक्ने गरेको उनको भनाई छ । मुख्यमन्त्रीले ढुंगा बोक्यो भनेर आफ्नो आलोचना हुने गरेको पनि आफुलाई थाहा भएको बताउदै मुख्यमन्त्री शाहीले विकास र समृद्धि दलाली गरेर हाँशील नहुने उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री र प्रदेश सभा सदस्य कुर्मराज शाहीले पनि सहभागी थिए । जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख तथा वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु