2026-10-15 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रदेशमा लगानी गर्न केन्द्र सरकार बाधक’

असोज २३, सुर्खेत | कर्णाली प्रदेशमा विदेशी सहायता भित्राउन कर्णाली प्रदेश सरकारले बहुपक्षीय बैठक सकेको छ । साझेदार निकायले प्रदेशमा लगानी गर्न इच्छुक भएपनि केन्द्र सरकार बाँधक रहेकामा चिन्ता जनाएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बहुपक्षीय बैठकमा दातृ निकायका प्रमुखहरुले वैदेशीक सहयाता सम्वन्धी प्रदेश सरकारलाई केन्द्र सरकारले लगाएको लगमा बारे स्पष्ट हुनु पर्ने बताएको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिईन् । उनले कर्णालीमा ठूला लगानी गर्न साझेदार निकाय इच्छुक रहेको उनको भनाई छ । लगानी गर्न दातृ निकायका प्रमुखहरुले कर्णाली प्रदेश सरकारका प्राथमिकताका क्षेत्रहरु जान्न खोजेको प्रदेश बताएकी प्रदेश सरकार प्रवक्ता केशीले भनिन्, ‘लगानी प्रवद्र्धन गर्न संघीय सरकारको नीतिसंग नबाझिनेगरि प्रदेश सरकारले लगानी मैत्री नीति निर्माण गर्नमा अग्रसर छौं ।’

बहुपक्षीय बैठकमा बैदेशिक सहायता कर्णाली प्रदेशमा भित्र्याउन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई फोकलपर्सन तोकेको छ । कर्णाली प्रदेश सरकार र दातृ निकायका प्राविधिक जनशक्ति रहने गरी विज्ञ बैंक स्थापना गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । कर्णाली प्रदेशमा स्थापना गरिने विज्ञ बैंकले समृद्ध कर्णाली प्रदेश निर्माण गर्नमा अधिकतम सम्भावनाहरुको खोजी गर्ने निर्णय भएको मन्त्री ज्वालाको दावी छ । दोस्रो चरणमा बस्ने बैठकमा कर्णाली प्रदेश सरकारले प्रोजेक्ट बैंक स्थापना गर्ने निर्णय गरेको मन्त्री ज्वालाको भनाई छ । उनले बाँकेको जमुनहा–कोहलपुर–सुर्खेत हुदै हुम्लाको हिल्सा सडक प्रादेशिक महत्वको सडक भएको हुँदा उक्त सडकलाई चारलेन सडकमा विकास गर्नुपर्ने बताए ।

कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा युएफआईडी, विश्व बैंक, युरोपियन युनियन, युएनडिपीका एशिया निर्देशकहरु सहभागिता बहुपक्षीय बैठक सम्पन्न गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु