१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कानून पढ्दै बाँकेका जनप्रतिनिधि

२८ आश्विन २०७५, आईतवार ११:४२

नीरज गौतम | असोज २८, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर महेन्द्र बहुमुखी क्याम्पसमा कानून विषय अध्ययनका लागि भर्ना हुनुभएको छ । ‘‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानून जान्नै पर्ने भएकाले क्याम्पसमा एलएलबी अध्ययनका लागि भर्ना भएकी हुँ,’’ उहाँले भन्नुभयो । 

उपप्रमुख मगर मात्र होइन उक्त क्याम्पसमा एलएलबी अध्ययनका लागि अन्य जनप्रतिनिधि पनि भर्ना भएका छन् । कैलाली घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, पूर्वमन्त्री सर्वदेव ओझा, वडा अध्यक्षलगायत जनप्रतिनिधि अहिले उक्त क्याम्पसमा भर्ना भएका छन् । ‘‘नयाँ ऐन, कानून जान्नैपर्ने भएकाले कानूनको विषयमा पढन भर्ना हुन चाहेको हुँ’’, प्रवेश परीक्षा दिन आउनुभएका सल्यान क्याम्पसका प्राध्यापक मानबहादुर बीएम.को भनाइ छ । 

दुई वर्षयता उक्त क्याम्पसमा एलएलबी विषय पढ्ने विद्यार्थीको सङ्ख्या अप्रत्यासित रुपमा बढेको छ । क्याम्पसमा करीब एक हजार ४०० भन्दा बढीले एलएलबी अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । ‘‘एलएलबी अध्ययनका लागि आवेदन दिनेमा अरु विषयमा स्नातक र स्नातकोत्तर गरिसकेकाकै सङ्ख्या बढी छ’’–निमित्त क्याम्पस प्रमुख निरञ्जन ज्ञवाली बताउनुहुन्छ । विसं २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि थुप्रै कानून परिवर्तन भएका छन् । मुलकी ऐन (मुलकी सहिंता)समेत थुपै्र परिवर्तन गरिएको छ । 

मुलुकमा भएको कानूनी परिवर्तनसँगै कानून विषय पढनेको आकषर्ण पनि ह्वात्तै बढेको छ । ‘‘शिक्षण पेशामा पनि नयाँ कानून जान्नैपर्ने भएकाले कानून विषय पढ्न भर्ना हुन चाहेको हुँ’’—एमबीएस र बीएड गर्नु भएका सुर्खेतका शिक्षक रणबहादुर खत्रीको कथन छ । उहाँसँगै धनगढीका तेजबहादुर सिंहलगायत थुप्रै्र पेशाकर्मी एलएलबी पढन अग्रसर छन् । 

उक्त क्याम्पस पश्चिम क्षेत्र बुटवलपछिको सबैभन्दा पुरानो क्याम्पस हो । एलएलबी विषय बुटवलपछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा मात्र अध्यापन हुँदै आएको छ । दुईवर्ष पहिले महेन्द्र बहुमुखी क्याम्पसमा ९३ विद्यार्थी मात्र एलएलबी विषय अध्ययनका लागि भर्ना भएका थिए भने अहिले ७९८ विद्यार्थी अध्ययनरत छन् । 

यो वर्षमा एलएलबी पढ्नका लागि उक्त क्याम्पसमा करीब एक हजार ४०० विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विशिष्ट ओहदामा बसेका व्यक्तिलाई काम गर्न कानूनको बारेमा ज्ञान हुनुैपर्ने र राज्यको पुनःसंरचनासँगै कानून विषय पढेकाले रोजगारी पाउने सम्भावना देखिएकाले एलएलबी अध्ययनप्रति विद्यार्थी र पेशाकर्मीको आकर्षण बढदै गएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन