2026-10-15 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ पुगेर नेकपाका प्रवक्ता श्रेष्ठले खोले पार्टी बैठकबाट बाहिरिनुको कारण

मङ्सिर २३, धादिङ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठक बहिस्कार गरेको नभइ निर्धारित समयमा बैठक नबसेपछि आफूहरु बाहिरिएको र यही विषयलाई बहिस्कार गरेको भनी प्रचार गरिएको बताउनुभएको छ । 

धादिङको त्रिपुरासुन्दरी माइ मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा पार्टी बैठकबारे गलत प्रचार भएको प्रतिक्रिया दिनुभयो । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को कार्यभार पूरा गर्न पार्टीको बैठकहरु निर्धारित समयमा शुरु गर्ने, विशेष काम पर्दा १५ मिनेटसम्म कुर्ने र त्यसपछि पनि कुर्नुपर्ने भएमा पार्टी अध्यक्ष वा महासचिवले जानकारी दिनुपर्ने पूर्वसहमतिअनुसार बैठक शुरु गर्ने भनिएको समयभन्दा १५ मिनेट कुरीसक्दा पनि पार्टी अध्यक्ष र महासचिव दुवै जना नआएपछि आफूहरु बाहिरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

संविधान कार्यान्वयनको क्रममा सरकारले गरेको कामको प्रसंशा गर्दै प्रवक्ता श्रेष्ठले समाज रुपान्तरणका लागि अझै प्रभावकारी काम गर्र्नुपर्ने सुझाव दिनुभयो । 

धादिङबेसीमा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ । तस्वीरः सीताराम अधिकारी, धादिङ/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने