2026-09-14 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकासको धरातल निर्माण गरिरहेका छौँः मन्त्री विष्ट

पुस २८, कास्की (रासस) | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले समृद्ध देश निर्माणको धरातल निर्माण गरिरहेको बताउनुभएको छ । 

प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “सडक, रेल, सिँचाइ, जलस्रोत, केबलकारलगायत मुलुकको समग्र विकासका लागि अवधारणा बनाएर अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ ।” 

“पाँच वर्षभित्रमा सरकारले जनताबीच गरेका प्रतिबद्धता पूरा गर्ने तयारीका साथ काम गरेको छ, त्यसका लागि अहिले हामीले फाउण्डेशन (धरातल) तयार गरिहेका छौँ, समय लाग्ला तर सरकारले परिणाम दिएरै छाड्छ”, मन्त्री विष्टले भन्नुभयो । 

उहाँले सार्वजनिक, सहकारी र निजी क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गरी देशमा व्याप्त बेरोजगारी समस्या समाधान गरिने उल्लेख गर्दै आम्दानीको स्रोत नभएका परिवारका सदस्यले काम गर्ने चाहना राख्दा पनि काम दिन नसके त्यस्ता परिवारलाई वर्षमा ५० दिन बराबरको निर्वाह भत्ता सरकारले उपलब्ध गराउने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ