२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काँग्रेस सुदृढीकरणका लागि नेतृत्व परिवर्तन जरुरी छ: डा. महत

२०७५, २ माघ बुधबार १४:५१

माघ २, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थ मन्त्री डा. रामशरण महतले पार्टी सुदृढीकरणका लागि नेतृत्व परिवर्तन जरुरी भएको बताएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता महतले पार्टीभित्र गुटबन्दी मौलाएको भन्दै नेतृत्वतहबाटै गुटबन्दी अन्त्यको सुरुवात गर्नु पर्नेमा जोड दिए । ‘काँग्रेस सुदृढीकरणका लागि नेतृत्वमा सुधार हुन जरुरी छ’ उनले भने, ‘त्यसका लागि नेतृत्वतहबाटै पार्टीको व्यवस्थापन सुधार गरिनु पर्दछ ।’ पानीको मुल नै फोहोर भए धारामा सफा पानीको आशा गर्न नसकिने भन्दै कार्यकर्तालाई योग्यता र योगदानका आधारमा जिम्मेवारी दिनु पर्ने डा. महतको भनाई छ । 


पार्टीभित्रको आन्तरिक गुटबन्दी र व्यवस्थापन अभावमा पार्टीले हार व्यहोरेको भन्दै उनले त्यसको जिम्मा नेतृत्वले लिनु पर्ने बताए । चुनाव सम्पन्न भएको एक बर्ष बितिसक्दा पनि पार्टीले चुनावमा पराजयको जिम्मेवारी लिन नसक्नु गैर जिम्मेवारी भएको उनको भनाई छ । महासमिति बैठकबाट काँग्रेसको विधान संशोधन गरी पार्टीलाई पुर्नर्जीवन दिन गाउँगाउँमा जानलागेको डा. महतले बताए । काँग्रेस नेतृत्वको सरकारको नीतिका कारण मुलुकको सामाजिक, आर्थिक र राजनीतिक बिकास भएको भन्दै उनले त्यसलाई जनतामाझ लिन नसकिएको उनले बताए । 

राजनीतिक नीतिका कारण मुलुकको बिकास भएको भन्दै कम्युनिष्ट सरकारबाट बिकास हुन नसक्ने बताए । ‘वर्तमान सरकार हावादारी योजना बनाएर जनतामा भ्रम सिर्जना गरिरहेको छ’ उनले भने, ‘अध्ययन र योजना विनाको हावादारी भाषणले समृद्धि सम्भव छैन ।’  सरकारले पानी जहाज र पूर्व पश्चिम रेलको सपना देखाएर जनतालाई भ्रम सिर्जना गरिरहेको उनले बताए । ‘नेपालको बिकासका लागि सबै ठाउँमा बर्ष भरी मोटर गुड्ने सडकको जरुरी छ’ उनले भने, ‘सडक बनाउनका लागि आवश्यक काम गर्न नसक्ने वर्तमान सरकार रेल र पानी जहाज ल्याउने सपना बाँडिरहेको छ ।’ 

कर्णाली प्रदेशको समृद्धि र बिकासका लागि कृषि र पर्यटन बिकास जरुरी भएको डा. महतले बताए । कर्णालीमा बिकासका प्रयाप्त सम्भावनाहरु भएको भन्दै त्ीिनहरुको सदुपयोगले कढर्णाली समृद्ध बनाउन सकिने उनको भनाई छ । ‘कर्णाली आफैमा एक समृद्ध प्रदेश हो’ उनले भन, ‘यसका सम्भावनाहरु पहिचान गरी यसको सदुपयोग अबको आवश्यकता हो ।’ कर्णाली बिकासका लागि कृषिमा आधुनिकीकरण, पर्यटन बिकास र जलस्रोतको उपयोग गरिनु पर्नेमा जोड दिए । 

कार्यकर्ता भेटघाटमा काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री केपी ओलीले इशाइहरुको होली वाइन खाएर राष्ट्रको स्वाभिमानमाथि प्रहार गरेको बताए । वर्तमान सरकारले जनताको भावनाअनुसार चल्न नसकेको उनको आरोप छ । ‘दुई तिहाइको सरकार स्वच्छाचारी ढंगले चलीरहेको छ’ उनले भने, ‘सरकारबाट जनताले सामाजिक न्याय र बिकासको आशा मारिसकेको बताए । उनले अब पार्टीमा एकता नभई काम गर्न नसक्नेहरुलाई विदाई गर्नु पर्नेमा जोड दिए । ‘अब कार्यकर्ताले एकता भनेर हुँदैन्, काम गर्न र कार्यकर्ताको भावना अनुसार चल्न नसक्ने नेतृत्वलाई विदा गर्न कार्यकर्ता तयार हुनु पर्दछ’ उनले भने । 

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति नारायण कोइराला, कर्णाली प्रदेश सभा सदस्य यज्ञ विसी, पूर्वमन्त्री  खड्कबहादुर बस्याल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवकोटीलगायतले मुलुकको समृद्धि र बिकासका लागि काँग्रेसको पुर्नजीवन दिन गाउँगाउँमा जानु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ