२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेश सरकार गठनको वर्षदिन: जनताले अनुभूति गर्ने काम गर्न सुझाव

२०७५, ४ फाल्गुन शनिबार ०३:१७

कृष्ण न्यौपाने | फागुन ४, दमौली (रासस) | गण्डकी प्रदेश सरकार गठनको वर्षदिन पूरा भएको अवसरमा तनहुँका राजनीतिक दलका नेता, नागरिक समाज र व्यवसायीले जनताले अनुभूति गर्ने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ । 

रासससँग कुराकानी गर्दै उहाँहरुले एक वर्षको अवधिमा भएको प्रगतिलाई संस्थागत गर्दै थप नमूना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता श्रीप्रसाद श्रेष्ठले जनतालाई आशा र भरोसा देखाउँदै नयाँ सोचका साथ विकास निर्माणमा सरकार लागिपरेको महसुस भएको बताउनुभयो । 

सङ्घीय संरचनाअनुसार प्रदेश सरकार नयाँ भएकाले केही अलमलिएको जस्तो देखिए पनि प्रदेशको आवश्यक कानून निर्माण गर्दै विकासको अभियानमा प्रदेश सरकार लागिपरेको उहाँको भनाइ थियो । नेता श्रेष्ठले भन्नुभयो, “कानूनलाई व्यवस्थित बनाउँदै एकरुपता कायम गर्ने र सङ्घीयतालाई व्यवस्थित बनाउनेतर्फ सरकार अघि बढेको महसुस भएको छ ।” सिंहदरबारको अधिकार गाउँमा आयो भन्ने बनाउनेतर्फ सरकार अगाडि बढ्दै गरेको अवस्थामा विकासका काम पनि प्रशस्त भएको भन्दै उहाँले जनमुखी योजनामा सरकारले लगानी गरिरहेको बताउनुभयो । 

श्रेष्ठले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्राविधिक विश्वविद्यालय खोल्ने सरकारको निर्णयले समग्र तनहुँकै विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास गरिएको भन्दै आगामी दिनमा अझ जनतामुखी कार्यक्रम सञ्चालन गर्न सरकारलाई सुझाव दिनुभयो । 

नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले जनताको लागि आर्थिक टेवा पुग्ने, रोजगारमूलक कार्यक्रमलाई सरकारले अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आधारभूत आवश्यकताको रुपमा रहेको शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर सरकारले योजना बनाउनुपर्छ र त्यसलाई लागू पनि गर्दैै जानुपर्छ ।” 

प्रदेश सरकारले यसबीचमा जनताका लागि धेरै काम गर्नुपर्ने भए पनि जनताले अनुभूति गर्ने खालको कार्यक्रम सञ्चालन हुन नसकिरहेको भन्दै उहाँले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर जनताको आयस्तरवृद्धि गर्नलाई रोजगारीमूलक उत्पादनमूलक कार्यमा सरकार अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि प्रदेश सरकार जुन किसिमले अगाडि बढ्नुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन, आगामी दिनमा जनतामुखी कार्यक्रम ल्याउनेतर्फ सरकारले ध्यान दिनुपर्छ ।” 

तनहुँ उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले व्यवसायीमैत्री नीतिनियम बनाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिनुभयो । उद्योगमैत्री वातावरण, युवा उद्यमी उत्पादन गर्ने खालका कार्यक्रम ल्याएर रोजगारी सिर्जना गर्नेतर्फ सरकार अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको अस्पष्ट नीतिनियमका कारण लगानीकर्ता आकर्षित हुन सकिरहेका छैनन भन्नुभयो । 

शुक्लागण्डकी नगरपालिकामा औद्योगिकग्राम बनाउने सरकारले यसअघि नै घोषणा गरिसकेको भए पनि घोषणा त्यत्तिकै अलपत्र रहेको जस्तो अनुभूति भएको भन्दै उहाँले त्यसतर्फ सरकारले छिटो निर्णय लिनुपर्ने र त्यसमा सघाउन व्यवसायी तयार रहेको बताउनुभयो । 

शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले भाषणले मात्रै समृद्धि नआउने भएकाले कामलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनको बेला जनतासामु जे–जस्ता बाचा र प्रतिबद्धताहरु गरिएको थियो ती प्रतिबद्धता अझैसम्म पनि पूरा हुन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “प्रदेश सरकार काममा भन्दा पनि भाषणमा मात्रै अल्झिएको हो कि भन्ने जनतामा आभाष हुन थालेको छ । प्रदेशभित्रै रोजगारीको सिर्जना गरेर युवाशक्तिलाई रोजगारी दिने खालको योजना सञ्चालन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा