२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेकपा सरकारमा सबैभन्दा बढि भ्रष्टाचार – भट्टाराई (भिडियोसहित)

२०७५, ५ फाल्गुन आईतवार ०६:३८

नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले सरकारका कारण मुलुकमा भष्ट्रचार र बेथिती चरम रुपमा बढेकोे आरोप लगाउनु भएको छ ।  भष्ट्रचार नियन्त्रण गर्ने निकाय कमजोर बनेको बताउँदै सरकारकै कारण मुलुकमा भष्ट्रचार र बेथिती बढ्दै गएको टिप्पणी गर्नुभयो । पार्टिले सञ्चालन गरेको जनसंवाद यात्राको क्रममा आज पर्वतको कुश्मामा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले भष्ट्रचार नियन्त्रण गर्ने निकाय राजनीतिक छायाँमा परेको बताउनुभयो । 

उहाँले मुलुकमा चरम भष्ट्रचार बढेका कारण जनतामा निराशा छाएको उल्लेख गर्नुभयो । मुलुकमा अहिले नीतिगत भष्ट्रचार बढि मात्रामा बढेकोमा भट्टराईले चिन्ता व्यक्त गर्नुभयो । वाईडबडि काण्ड, एनसेल काण्ड, बुढिगण्डकी काण्ड जस्ता भष्ट्रचार नीतिगत भष्ट्रचारको पछिल्ला उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता भट्टराइले कम्यूनिष्ट नेतृत्व सत्तामा पुगेपछि जनताका मुद्धा भुलेको आरोप लगाउनुभयो । सत्तामा टाँसिएपछि कमाउन र रमाउन मात्रै नेताहरु केन्द्रित भएको उहाँको आरोप छ । वर्तमान सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल जस्तै देखिएको भट्टराईले तर्क गर्नुभयो । काँग्रेसले पनि जनसवालमा आवाज उठाउन नसकेको भट्टराईले बताउनुभयो । 

पहाडलाई मधेश संग र मधेशलाई पहाड संग जोड्न आफुहरु जनसंवाद यात्रामा निस्किएको बताउँदै भट्टराईले मुलुकको समृद्धिका लागि एकले अर्काको अस्तित्व स्विकार्नुपर्नेमा जोड दिनुभयो । जनसंवाद यात्रा अन्तर्गत १९ दिनको कार्यक्रम पर्वतमा सम्पन्न भएको हो । पर्वत पछि आज नै बागलुङमा पनि कार्यक्रम गर्ने जनशक्ति पार्टिको तयारी छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा