१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन्दनलाइ रोक्न कांग्रेसले नेबिसंघ विघटन गरेको सिटौंला समूहको आरोप

६ फाल्गुन २०७५, सोमबार ०९:१२

फागुन ६, काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउन आफ्नो समूहलाई पहिलो हिस्सा दिन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंला नेतृत्वको समूहले माग गरेको छ । सिटौंला निकट विद्यार्थी नेताहरुले वाल्मिकि क्याम्पसमा पत्रकार सम्मेलन गर्दै तदर्थ समिति गठन गर्दा विधानको पूर्ण पालना गर्न र आफ्नो समूहलाई हैसियत अनुसारको हिस्सा दिन माग गरेका हुन् ।


पत्रकार सम्मेलनमा नेविसंघमा निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघको अघिल्लो महाधिवेशनमा आफ्नो समूहले सबैभन्दा बढी मत पाएको र केन्द्रीय समितिमा सबैभन्दा ठूलो शक्तिको रुपमा रहेको भन्दै सोही अनुसार तदर्थ समिति बनाउन माग गरे । नेविसंघमा सिटौला समूहको बलियो उपस्थिति रहेको काफ्लेको दावी छ । नेविसंघको पारित विधानमा उमेर हद लगाउने निर्णय भइसकेको भन्दै काफ्लेले ३२ वर्षमाथिको नेतृत्व आए समानान्तर समिति चलाउने चेतावनी दिए ।

कार्यक्रममा उपाध्यक्ष रामप्रसाद अधिकारीले पार्टीकै असहयोगका कारण महाधिवेशन नभएको भन्दै तत्काल तदर्थ समिति बनाएर ६ महिनाभित्र महाधिवेशन गर्नुको विकल्प नरहेको बताए । अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले नेविसंघलाई विद्यार्थीहरुको नियन्त्रणबाहिर लगेर पार्टी नेताको मुठ्ठीमा राख्ने कदम चालिए सह्य नहुने चेतावनी दिए ।नेबि सघका निबर्तमान केन्द्रिय सदस्य सुशील भट्टले लोकप्रिय नेता पुर्ब महामन्त्री कुन्दन राज काफ्लेलाई नेबि सघको अध्यक्ष बन्नबाट रोक्न पाटीले नेबिसघ भित्र अस्थिरता उत्पन्न गर्दै बिगठन हुने परीस्थितिमा पुर्यायको आरोप लगाउनु भयो । उहाँले उमेरको हदबन्दीको बहस लहड्को भरमा कैले ३२ बर्ष लगाउने त कैले हटाउने बहस गर्नु पाटीको नेतृत्वको कमजोरी भएको भन्दै बिधान भन्दा माथी नेतृत्व रहन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट