१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीतमा संसदभित्रै चल्यो यस्तो दोहोरी !

६ फाल्गुन २०७५, सोमबार १०:२७

फागुन ६, काठमाण्डौ | प्रतिनिधिसभाको आजको बैठकमा गायक पशुपति शर्माले गाएको लोकदोहोरी गीतलाई लिएर प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ । 

बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्माको गीत प्रतिबन्ध लगाउनुले लोकतन्त्र कहाँ छ भनेर प्रश्न उब्जिएको बताएका छन् ।  

सिंहले नागरिकको भावना समेटेर शर्माले गीत गाएको भन्दै त्यसको सम्मानस्वरुप आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । 

शून्य समयमा बोल्ने समय पाएका सत्तारुढ दलका सांसद झपट रावलले सिंहलाई जवाफ दिँदै गायक शर्माले गाएको गीत सिंहलाई गाउन चुनौती दिँदै त्यसरी गाए आफ्नो एक महिनाको तलब नै दिने घोषणा गरे । उनले भने ‘पुरस्कार घोषणा गर्ने सांसदले यही गीत गाए एक महिनाको तलब दिन्छु ।’ 

रावलले शर्माको गीत प्रायोजित रुपमा आएको रहस्य प्रतिपक्षी सांसदले पुरस्कारको घोषणा गर्नुले सत्य बाहिरिएको दाबी समेत गरेका छन् । 

यसअघि सिंहले भने, ‘दुइ तिहाईको सरकारको अगाडि त्यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ? भन्ने खालको व्यवहार सरकारले देखाएको बताउँदै त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ । सुन्नेको कानमा मर्करी र सिसा पगालेर राख्नुपर्छ भन्ने सरकारको बुझाइले लोकतन्त्र कहाँ छ भन्ने प्रश्न उब्जेको छ ।’ 

‘सरकारले जनताको भावना, बुद्धिजीविको भावना, गायकको भावनालाई सम्मान गर्न जान्दैन भने जनताले पनि यो सरकारलाई सम्मान गर्न सक्दैन,’ सिंहले भन्नुभयो, ‘जनताको भावना अनुसार सरकार चल्नु पर्छ ।’ 

शर्माले यसअघि सुशील कोइराला प्रधानमन्त्री भएको समयमा ‘जापान पनि यही, अमेरिका पनि यह’ भनेर गाएको र अहिले आएर सरकारलाई राक्षस, यमराज र कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गीत गाउनुले उनी प्रतिपक्षीबाट परिचालित भएको देखिएको दाबी रावलले गरे । 

सिंहको भनाइप्रति व्यङ्ग्य गर्दै रावलले भने, ‘गीत गाउन सरकारले कुनै पनि प्रतिबन्ध लगाएको छैन, भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतीले रक्षा गरून, धन्यवाद ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत