१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

६ फाल्गुन २०७५, सोमबार १२:२८

फागुन ६, काठमाडौँ | प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुरुप होस् र जनताले तिरेको करको पूर्णरुपले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक सहायता नीति परिमार्जन गर्दैछाँै, फागुन महीनादेखि पूँजीगत खर्च उल्लेखनीय हिसाबले बढ्नेछ, महालेखा परीक्षकको कार्यालयलाई बलियो बनाउने विधेयकको उद्देश्य हो, सरकारी बक्यौता उठाउने सन्दर्भमा पनि विधेयक महत्वपूर्ण हुनेछ ।’’ 

अर्थमन्त्री डा खतिवडाले मुलुकभित्रका शासकीय प्रणालीलाई बलियो तुल्याउन र व्यावसायिक निष्ठाका आधारमा मिलेर काम गर्नुपर्छ भन्ने मान्यतालाई पनि विधेयकले सहयोग पुर्याउने बताउनुभयो । 

यसैगरी प्रतिनिधिसभाले आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

उक्त विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीको प्रयोगमुक्त प्रदेश बनाउने अभियान अघि बढेको जानकारी दिनुभयो । उहाँले प्रदेश र सङ्घका तर्फबाट पनि बजेट कर्णाली प्रदेशलाई विषादी र रासायनिक मलको प्रयोगमुक्त प्रदेश बनाउने व्यवस्थापनका लागि कानून निर्माण र छिमेकी मुलुकको सहकार्यमा केही विषादीको प्रयोगमा प्रतिबन्ध लगाइने बताउनुभयो । 

उहाँले कृषि बालीको उत्पादन वृद्धिका लागि केही विषादी प्रयोग आवश्यक रहेको भन्ने मान्यता रहेपनि अब विषादी र रासायनिक मलको प्रयोग कम गर्ने मात्र होइन, नियन्त्रण नै गर्ने उद्देश्यले सरकारले सो विधेयक ल्याएको हो भन्नुभयो । प्रतिनिसभाको अर्काे बैठक यही फागुन ८ गते दिनको २ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट