२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विदेशीसँग मागेर मात्रै देशको विकास हुन सक्दैन– मुख्यमन्त्री गुरुङ

८ फाल्गुन २०७५, बुधबार ०५:५१


शिला पाण्डे, पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विदेशीसँग मागेर मात्रै देशको विकास नहुने बताएका छन् । उनले देशको विकासको लागि स्थानीय उत्पादनलाई बढवा दिनुपर्नेमा जोड दिएका हुन् । 

प्रथम राष्ट्रिय मगर महोत्सवको उद्घाटन गर्दै पर्वतमा उनले यस्तो बताएका हुन् ।  प्रदेशले आर्थिक भार नबढाएको समेत उनले दाबी गरे । यहाँ केहि राजनीति गर्न खोज्नेहरुले प्रदेशलाई हाउगुजी बनाएको तर प्रदेशले बढी भार हुने गरी कुनै पनि कर लागू नगरेको उनको दाबी छ । 

मुख्यमन्त्री गुरुङले मेला महोत्सव स्थानीय उत्पादनलाई बढवा दिने खालेको हुनुपर्नेमा जोड दिएका हुन् । उनले महोत्सवमा करोडौको कारोबार भयो भन्छन् तर सबै विदेशीले लैजान्छन् त्यसैले महोत्सव भनेको विदेशी सामग्रीको विक्रि गर्ने थलो नभई स्थानीय उत्पादनमा जोड दिने खालको हुनुपर्नेमा उनले जोड दिएका हुन् । 

उनले कुनै युवाले उद्यम गर्न चाहेमा आफूले ५० लाख दिनसक्ने समेत दाबी गरे । कोही उद्यम गर्न चाहानुहुन्छ भने आउनुस म ५० लाखसम्म दिन तयार छु उनले भने ।

कार्यक्रममा गुरुङले आर्थिक विकास नै अबको निकास भएको दाबी गरेका छन् । मुख्यमन्त्री गुरुङले संघीयतालाई आर्थिक रुपमा विकास गर्न नसके संघीयताको उपलब्धीले पूर्णता नपाउने दाबी समेत गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पर्वतका सांसद पदम गिरीले विकासको लागि सबै एक हुनुपर्नेमा जोड दिए । आफ्नो लोक संस्कृतिको पहिचान गरी त्यसको प्रर्वद्धनमा लाग्नुपर्नेमा जोड दिए । 

पुन युवा क्लबको आयोजनामा संचालन भएको उक्त महोत्सव यहि फागुन १५ गतेसम्म संचालन हुनेछ । मगर दिवसको अवसर पारि आयोजना गरिएको महोत्सवमा १ करोडको कारोबार हुने आयोजकले जनाएको छ । 

पुन क्लबका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत निबर्तमान अध्यक्ष जीवन पुनले गरेका थिए ।

महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथै पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता, डान्स आईडल प्रतियोगिता, दोहारी गित प्रतियोगिता, सोरठी नाचप्रतियोगिता एवम् विभिन्न जातजातीका झाँकी प्रदर्शनी एंव स्थानीय खानाका परिकार पाईनुका साथै अन्य प्रतियोगितात्मक कार्यक्रम हुने क्लवका संरक्षक समितिका संयोजक छविलाल पुनले बताए ।

महोत्सवमा करिव २ लाख दर्शकहरुले अवलोकन गर्नेे आयोजकको अपेक्षा छ । उक्त मेलामा प्रवेश शुल्क ७० रुपैयाँ तोकिएको छ । क्लवले ६० बर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई निशुल्क पूवेश गराईने क्लवले जनाएको छ ।त्यस्तै विद्यार्थीहरुको हकमा भने ५० प्रतिशत छुट गरिने बताएको छ । महोत्सवमा १ सय ३० वटा स्टलहरु राखिने भएको छ । विगतका वर्षहरुमा दुर्लुङचोकमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्ष भने बडागाउँ स्थितखेलमैदानमा आयोजना गर्न लागिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य