१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

८ फाल्गुन २०७५, बुधबार ०७:२६

फागुन ८, काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ । विवेकशील साझाले ३० भन्दा बढी आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखेको जनाएको छ ।


‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पार्टी संयोजक रवीन्द्र मिश्रका अनुसार, पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत छन् ।


शान्तपूर्ण प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको भन्दै मिश्रले तत्काल नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेका छन् ।‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा सशक्त निकाय हुनसक्ने अख्तियारको अगाडि अख्तियारलाई नै सुझाव र सल्लाह दिँदै शान्तपुर्ण प्रदर्शन गर्दा समेत पक्डिएर लाने भनेको कस्तो लोकतन्त्रको स्वरूप हो ?’ मिश्रले फेसबुकमा स्ट्याटस लेख्दै प्रश्न गरेका छन् ।मिश्रले सत्ताधारीहरुले हिंसा र भ्रष्टाचार मात्रै बुझ्ने गरेको आरोप लगाउँदै कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

‘सरकारका पदाधिकारीहरूले हामीले पनि उहाँहरूका सांसदहरूले संसदमा गरेजस्तै बलजफ्ती गरोस् भन्ने चाहनुभएको हो ?’, मिश्रले चेतावनी दिँदै भनेका छन्, ‘ पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र हो। विस्तार देख्दै जानुहुनेछ। हामी के गर्छौं ।’

प्रहरीले भने अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि नियन्त्रणमा लिएको जनाएको छ ।  तर, विवेकशीलले आफूहरुले कुनै अवरोध नगर्दा नगर्दै पनि शान्तिपूर्ण प्रदर्शनबाट वञ्चित गरेको आरोप लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट