२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

२०७५, ८ फाल्गुन बुधबार ०७:२६

फागुन ८, काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ । विवेकशील साझाले ३० भन्दा बढी आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखेको जनाएको छ ।


‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पार्टी संयोजक रवीन्द्र मिश्रका अनुसार, पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत छन् ।


शान्तपूर्ण प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको भन्दै मिश्रले तत्काल नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेका छन् ।‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा सशक्त निकाय हुनसक्ने अख्तियारको अगाडि अख्तियारलाई नै सुझाव र सल्लाह दिँदै शान्तपुर्ण प्रदर्शन गर्दा समेत पक्डिएर लाने भनेको कस्तो लोकतन्त्रको स्वरूप हो ?’ मिश्रले फेसबुकमा स्ट्याटस लेख्दै प्रश्न गरेका छन् ।मिश्रले सत्ताधारीहरुले हिंसा र भ्रष्टाचार मात्रै बुझ्ने गरेको आरोप लगाउँदै कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

‘सरकारका पदाधिकारीहरूले हामीले पनि उहाँहरूका सांसदहरूले संसदमा गरेजस्तै बलजफ्ती गरोस् भन्ने चाहनुभएको हो ?’, मिश्रले चेतावनी दिँदै भनेका छन्, ‘ पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र हो। विस्तार देख्दै जानुहुनेछ। हामी के गर्छौं ।’

प्रहरीले भने अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि नियन्त्रणमा लिएको जनाएको छ ।  तर, विवेकशीलले आफूहरुले कुनै अवरोध नगर्दा नगर्दै पनि शान्तिपूर्ण प्रदर्शनबाट वञ्चित गरेको आरोप लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा