२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रद्वारा क.कृष्णदास श्रेष्ठको निधनप्रति शोक वक्तव्य जारी

२०७५, १२ फाल्गुन आईतवार १४:०९

फागुन १२, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले श्रद्दान्जली व्यक्त गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती 'साइला' द्वारा आइतबार जारी शोक वक्तव्यमा भनिएको छ 'नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता क. कृष्णदास श्रेष्ठको निधनको खबरले हाम्रो पार्टीलाई स्तब्ध तुल्याएको छ । उहाँको निधनले नेपाली क्रान्तिमा गंभीर क्षति पुगेको छ ।'

केन्द्रले क. कृष्णदास श्रेष्ठको शुद्ध कम्युनिष्ट आचरण तथा बिश्वसनीय अनुवाद र लेखन नेपाली कम्युनिष्टका लागि सच्चा अनुकरणीय रहेको उल्लेख गर्दै थप भनिएको छ 'क. कृष्णदासले जस्तै नयाँ पुस्ताका कम्युनिष्टले वैज्ञानिक विचार र उच्च नैतिकतामा बाँचेर क्रान्तिको सेवा गर्ने प्रण गरौं । श्रद्धेय कृष्णदास श्रेष्ठप्रति भावपूर्ण शद्धाञ्जली एवं परिवारजनमा यस बक्तब्य मार्फत समवेदना प्रकट गर्दछौ ।'

लामो समय नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै र सहभागी हुँदै आएका श्रेष्ठको जन्म बि.सं. १९८८ मा भएको थियो । उनको काठमाडौंको शंखमूलस्थित आफ्नै घरमा शनिवार दिउँसो १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा