२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजै जर्मनी उड्दै थिए मन्त्री अधिकारी, तर …!

२०७५, १६ फाल्गुन बिहीबार ०१:१२

फागुन १६, काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुःखद् निधन छ । उक्त दुखद घटना नघटेको भए पर्यटनमन्त्री अधिकारीको आज जर्मनी प्रस्थान गर्ने कार्यक्रम थियो ।

अधिकारी विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को पर्वतीय पर्यटन सम्बन्धी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । यसका लागि मन्त्रालयले टिकेटिङ र होटल बुकिङलगायत सबै तयारी पूरा गरिसकेको थियो ।

अधिकारी ताप्लेजुङबाट फर्किएर शनिबारदेखि जर्मनीमा हुने युएनडब्लुटीओमा सहभागी हुन बिहीबार ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट जर्मनी जाने कार्यक्रम भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन महाशाखा हेर्ने सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि मन्त्री अधिकारीसँगै जर्मनी जाने कार्यक्रम थियो ।

मन्त्री अधिकारीको निधनपछि जोशी र उपाध्यायले पनि भ्रमण रद्द गरेका छन् । अधिकारीले सम्मेलनमा नेपालमा पर्वतीय पर्यटनको अवस्थाबारे सम्बोधन गर्ने कार्यक्रम थियो ।

उपाध्यायका अनुसार २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न मन्त्री अधिकारीले यो भ्रमणलाई उपलब्धीमूलक हुने मानेर नै जाने तय गरेका थिए ।

मन्त्री अधिकारीको टोली फागुन २४ गते नेपाल फर्किने कार्यक्रम थियो । उनले बर्लिनमा हुने अर्को एउटा पर्यटन एक्स्पो आईटीबीमा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो, जसमा भाग लिन नेपाली पर्यटन व्यवसायीको टोली जर्मनी पुगिसकेको छ ।

जर्मनीबाट फर्कँदा अधिकारीले म्युनिख विमानस्थलको व्यवस्थापनबारे अवलोकन गर्ने कार्यक्रम पनि थियो । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख एयरपोर्टलाई दिने निर्णय गरिसकेको पर्यटन मन्त्रालय स्रोत बताउँछ ।

मन्त्री अधिकारीले त्यहाँ म्युनिख एयरपोर्टका अधिकारीहरुलाई भेट्ने र भैरहवा एयरपोर्टको व्यवस्थापनबारे पनि छलफल गर्ने योजना थियो । यही समयमा हुने छलफलका आधारमा भैरहवामा म्युनिख एयरपोर्टलाई भित्र्याउने सम्झौता गर्ने योजना भए पनि त्यो सपना हाललाई अधुरो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने