2026-09-14 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मन्त्री अधिकारीको निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा गरिने

फागुन १६, कास्की | ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । 

अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिनुभयो । 

सरकारले स्व अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हिजो नै गरिसकेको छ । नेता गुरुङका अनुसार अधिकारीको अन्त्येष्टिमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, दलका नेतालगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ । 

नेकपा प्रदेश कार्यालयको आयोजनामा आज बिहान शान्तिवनवाटिकास्थित जिल्ला पार्टी कार्यालयमा बसेको प्रदेश कार्यालय, उपलब्ध केन्द्रीय तथा प्रदेश सदस्य र कास्की पार्टी संयन्त्र सदस्यहरुको बैठकले मन्त्री अधिकारीको अन्त्येष्टिका लागि पार्टीको आन्तरिक व्यवस्थापन प्रदेश सरकारको समन्वयमा जिल्ला पार्टी कार्यालयले गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले फागुन १९ गते आइतबार गण्डकी प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने र तीन दिन पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले बताउनुभयो । 

आज साँझसम्म मन्त्री अधिकारीको शवलाई गृह जिल्ला पोखरा ल्याउने तयारी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ