२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमा मुलुकको प्रभावमा देशमा धर्मनिरपेक्षताः अध्यक्ष थापा

१८ फाल्गुन २०७५, शनिबार १६:१४

राम नारायण पंडित | फागुन १८, सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र स्थापनाका लागि चैत्र महिनादेखि सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टीको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज (शनिबार) सिरहाको मिर्चैयामा  आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले चैत्र महिनादेखि हुने सडक संघर्षबाटै हिन्दू राष्ट्र स्थापना गर्ने दाबी गरेका छन् । 


उनले सनातन धर्महरु खतरामा रहेकोले धर्म निरपेक्षता खारेजी गरी हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गरेका छन् । नेपालमा पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी र बेरोजगारी समस्याको समाधान लगायतका विषयमा जनतालाई जागृत तुल्याउन र सरकारलाई ध्यानाकर्षण गराउँदै सशक्त रुपमा जनवाद सृजना गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वभिमान यात्रा सुरु गरेको अध्यक्ष थापाले बताए ।


संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने भन्दै उनले आफ्नो पार्टीको संघर्षमा सहयोग गर्न सबैसँग आग्रह समेत गरे । मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै अध्यक्ष थापाले फागुन मसान्तसम्म स्वाभिमान यात्रा मार्फत दबाब सृजना गरेपनि माग पूरा नभए चैतदेखि देशव्यापी सडक सघर्षमा उत्रने चेतावनी दिए । उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइडबडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरे । 


१२ बर्षअघि परिवर्तनका नाममा भएका गतिबिधीले जनताको भावनालाई सम्बोधन गर्न नसकेको आरोप लगाउदै उनले राजसंस्था सहितको हिन्दु राज्य स्थापना भएपछि मुलुकमा जनताले परिवर्तनको आभास गर्ने दाबी समेत गरेका छन् । मधेशी जनताको पहिचान र स्वाभिमानका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुहुँदै अध्यक्ष थापाले मधेश र मधेशीको पक्षमा आफ्नो पार्टीको स्पष्ट बिचार रहेको बताए । मधेशबादी दलले संविधान संसोधन बिना नै सरकारमा सहभागि भएको चर्चा गर्दै उनले आफ्नो पार्टी  सरकारमा जान मरिमेटि नगर्ने स्पष्ट गरे । सरकार बाहिरै रहेर राम्रो काम गरिरहेको भन्दै अध्यक्ष थापाले पश्चिमा मुलुकको प्रभाबमा परी देशमा धर्मनिरपेक्षता लादिएको समेत आरोप लगाए । 


ताप्लेजुङबाट गत बुधवारदेखि शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज सिरहाको लहान, गोलबजार, चोहर्वा, सिरहा सदरमुकाम, कल्याणपुर र मिर्चैया हुँदै धनुषा प्रस्थान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान