१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता पण्डितको निधनबाट नेकपा स्तब्ध

२३ फाल्गुन २०७५, बिहीबार ०५:१०

फागुन २३, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । 

पार्टी महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गर्नुभएको छ । 

नेकपाले दिवङ्गत पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँकी जीवनसँगिनी सावित्री पण्डित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचनासहित शोककुल परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ । 

विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ असल शिक्षक र सङ्गठकका रूपमा परिचित हुनुहुन्थ्यो । बहत्तर वर्षको उमेरमा यही फागुन २१ गते उहाँको निधन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट