२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले भने – नेत्रविक्रम चन्दले पार्टीको नाम ‘लुटेरा समूह विप्लव’ राखे हुन्छ

२०७५, २४ फाल्गुन शुक्रबार ०९:५६

फागुन २४, काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको बताउनु भएको छ । 

डाक्टर सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई तर्साएर, बम विस्फोट गराएर नागरिकको हत्या गरेर, चन्दा आंतक मच्चाएर कम्युनिष्टको नाममा राजनीति बन्द गर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो ।

विप्लव नेतृत्वको नेकपा कुनै राजनीतिक पार्टी नभएको बताउँदै  प्रधानमन्त्री ओलीले भने ‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्ने, मान्छेको हत्या गरेर हिँड्ने । विस्फोट गराएर हिड्ने अनि कम्युनिस्ट पार्टीको नाम लिने ?’ ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर । लुटेर समूह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउत समूह आन्दोलन त्यागेर मूल धारको राजनीतिमा आउनु नेपालको राजनीतिमा विशेष अवसर भएको पनि बताउनुभयो ।  

राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सीके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।  

मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की