१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्थानीय तहदेखि सिंहदरबारसम्म भ्रष्टाचार मौलाएको छ: राप्रपा अध्यक्ष थापा

२४ फाल्गुन २०७५, शुक्रबार १५:४२

भाष्कर के.सी | फागुन २४, महेन्द्रनगर | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा लोकतन्त्रका नाममा नेपालमा भ्रष्टाचार मौलाएको बताएका छन् । 

शुक्रबार मेची महाकाली स्वाभिमान यात्रा अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा भएको आमसभामा बोल्दै अध्यक्ष थापाले स्थानीय तहदेखि सिंहदरबारसम्म भ्रष्टाचार मौलाएको र देशमा ब्रहमलुट चलेको बताएका हुन् ।


देशमा भईरहेका भ्रष्टाचारका घटनाहरुमा कांग्रेस र कम्युनिष्टको मिलेमतो भएको उनको आरोप छ । विगत १२ वर्षमा भएको गलत राजनीतिक अभ्यासले देशलाई गलत दिशामा डोर्याई रहेको बताउदै अध्यक्ष थापाले जनचाहना विपरित ठूला पार्टीहरुले विदेशीको ईसारामा नेपाललाई धर्म निरपेक्ष घोषणा गरी जनमत विना नै राजसंस्थालाई पाखा लगाएको बताए । सम्पुर्ण राष्ट्रवादी स्वाभिमानी नेपाली एकताबद्ध भएर हिन्दुराष्ट्र पुनंस्थापनाका लागि जाग्न आग्रह गर्दै अध्यक्ष थापाले सबै लोकतान्त्रिक शक्ति अटाउने अभिभावकका रुपमा राजसंस्थाको आवश्यकता भएको जिकिर गरे र्।  एक फरक प्रसंगमा अध्यक्ष कमल थापाले कञ्चनपुरकी १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ महिना वितिसक्दा समेत बलात्कारी हत्यारा पत्ता लाग्न नसकेकोप्रति दुःख व्यक्त गर्दै अविलम्ब रुपमा दोषी पत्ता लगाउन सरकारसँग माग गरेका छन् । उनले एउटा बालिकाको बलात्कारपछि हत्या भएको घटना विश्वव्यापीकरण भईसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु सरकारको लापरवाही भएको बताएका छन् । यस्तै थापाले राष्ट्रघाती नागरिकता ऐन ल्याएर गैर नेपालीलाई नागरिकता बाडेको आरोप समेत लगाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले जनभावनाको कदर गर्दै हिन्दुराष्ट्र कायम गरिनुपर्ने बताउदै हिन्दूराष्ट्रका पक्षमा जनताको बहुमत रहेकाले नेपाललाई हिन्दुराष्ट्र नै कायम गरिनुपर्ने बताएका छन् । “नेपालमा बहुसंख्यक हिन्दु बसोबास गर्दछन्, उनले भने–नेपाली जनताले राष्ट्र समृद्धिका लागि हिन्दु राष्ट्र चाहेका छन्, तसर्थ नेपाललाई हिन्दुराष्ट्र बनाईनुपर्दछ ।


यस्तै राप्रपा अध्यक्ष थापाले संबैधानिक राजा सहितको प्रजातन्त्रको पुनस्र्थापना र संघीयताबारे जनमत संग्रह गरिनुपर्ने बताएका छन् । उनले भने नेपाललाई सर्वधर्म र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र बनाईनुपर्छ, यसकै लागि जनचेतना फैलाउन हामीले राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरेका हौं । यस्तै थापाले वर्तमान सरकारप्रति जनता निरास भएको र सरकार उत्तरदायित्व विर्सेर भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै राप्रपाका बरिष्ठ नेता एवं पुर्व मन्त्री बुद्धिमान तामाङ्गले विश्वमा नेपाललाई चिनाउन हिन्दुराष्ट्र आवश्यक रहेको धारणा राखे । 

उनले ९४ प्रतिशत ओमकार परिवार रहेको नेपाललाई विदेशीमो ईसारामा धर्म निरपेक्ष घोषणा गरेकोले सामाजिक सद्भाव र एकताका लागि हिन्दुराष्ट्र बनाईनुपर्नेमा जोड दिए । धर्मनिरपेक्षताले जातिय सद्भाव समेत खलबलिन गएकाले धार्मिक रुपमा एकिकरण गर्न हिन्दुराष्ट्र कायम गरिनुपर्ने उनको भनाई छ । कार्यक्रममा राप्रपा कञ्चनपुरका अध्यक्ष पुर्ण बहादुर चन्दले यस पवित्र अभियानमा सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट