२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा स्व. ओलीको सम्झनामा ‘ओली स्मृति प्रतिष्ठान’ बनाइने

२०७५, २६ फाल्गुन आईतवार ०९:१३

फागुन २६, लमही (रासस) | प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ । 

दाङ क्षेत्र नं ३ ९ख० बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण योग्दान गरेको भन्दै उहाँको योगदानस्वरुप स्मृति प्रतिष्ठान गठन गर्ने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । “पश्चिम दाङको विकासका लागि छोटो समयमै उत्तरकुमार ओलीको भूमिका महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “उहाँको सम्मानस्वरुप प्रतिष्ठान बनाउने योजना बनाएका हौँ ।” 

दङ्गीशरण गाउँपालिका–६ लेटार ओलीको सम्झनामा दाङको दङ्गीशरण गाउँपालिकाले उहाँको सालिक निर्माण गर्ने गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताउनुभयो । “हामीले पश्चिम दाङका समस्या केन्द्रसम्म पु¥याउने एउटा पुल गुमाएका छौँ,” उहाँले भन्नुभयो, “स्व ओलीको सम्झनामा गाउँसभा र कार्यपालिका बैठकबाट छलफल गरी सालिक निर्माण गर्नेछौँ ।” 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि स्व। ओलीको सपना साकार पार्न स्मृति वाटिका निर्माण गर्ने जनाएको छ । तुलसीपर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सांसद ओलीले अघि सारेका विकासका ऐजेण्डलाई समृद्धिका लागि अगाडि सारिने तथा उहाँको सम्झनामा स्मृति वाटिका निर्माण गरिने बताउनुभयो । “ स्व। ओलीले पश्चिम दाङको विकासका लागि थुप्रै एजेण्डाहरु अघि सार्नुभएको थियो,” उहाँले भन्नुभयो, “तर उहाँले ती योजनाहरु पूरा गर्न पाउनु भएन, उब उहाँले अघि सारेका एजेण्डाहरु हामीले पूरा गर्नुपर्छ ।” उहाँले स्व। ओलीको निर्वाचन क्षेत्र तुलसीपुरका चारवटै वडामा तीनवटै सरकार मिलेर विशेष कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको समेत बताउनुभयो । 

शान्तिनगर गाउँपालिकाले पनि स्व। ओलीले बनाएका महत्वपूर्ण एजेण्डाहरुलाई पूरा गर्ने गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । तत्कालीन नेकपा एमालेबाट २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका ओली २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा भने भारी मतान्तरले विजयी भएका थिए । 

विसं २०४१ मा जन्मिनुभएका ओलीको सवारी दुर्घटनामा परी यही फागुन ९ गते निधन भएको थियो । माघ २४ गते घोराही–३ चिसापानी नजीकै ओली सवार कार र बस ठोक्ँिकदा दुर्घटना भएको थियो । दुर्घटनापश्चात् गम्भीर घाइते भएका ओलीको मेडिसिटी अस्पतालमा ललितपुरमा उपचारका क्रममा निधन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की