२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुविचार ढङ्गबाट सहमतिपत्रमा शब्द राखिएको छ– गृहमन्त्री थापा

२०७५, २६ फाल्गुन आईतवार ११:१६

फागुन २६, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिनुभएको हो । 

उहाँले भन्नुभयो, “जुनसुकै कोणबाट उठाए पनि सरकारलाई राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको बारेमा स्पष्ट गर्न सहयोग पुगेको छ, सहमतिका कतिपय बुँदामा सरकार चिप्लिएको छ भन्ने कोणबाट आएका विचार एउटा भ्रम हो, सहमति नेपालको सार्वभौम र अखण्डताको रक्षा गर्ने सम्बन्धमा ऐतिहासिक रहनेछ ।” 

सहमतिले राज्यलाई कमजोर पार्छ कि भन्ने चिन्ता लिन आवश्यक नभएको बताउँदै मन्त्री थापाले भन्नुभयो, ‘‘देशको कुनै भू–भाग अलग गर्ने कुरा संविधानले कल्पना गरेको छैन, अभिमत लिने भन्नेकुरासँग भ्रम भएको जस्तो छ, सुविचारपूर्वक उक्त शब्द राखिएको छ । यो नितान्त भ्रम र गलत बुझाइ हो ।’’ 

मुलुकमा स्वतन्त्र र स्वाधीनताको नाममा विखण्डन गर्ने र राज्य सशक्तिलाई उल्टाउने दुई खाले समूह सक्रिय रहेकामा नेपाललाई विखण्ड गर्ने भनेर हिँडिरहेको समूहले नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई सर्वाेपरी मान्छौं भन्नेमा पुग्नु स्वभाविक रुपमै राष्ट्रहितको पक्षमा रहेको गृहमन्त्रीले स्पष्ट गर्नुभयो । 

‘‘सरकार र गठबन्धनबीच भएको सहमतिले देशको शान्ति सुरक्षालाई सुदृढ तुल्याउन योगदान दिनेछ, यसमा आत्मसर्मपण र संविधान मिचेको भन्ने ढङ्गबाट उठाइएको प्रश्न, बहस र दृष्टिकोणप्रति आश्चर्य लागेको छ, यसले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डताको रक्षा गरको छ’’, गृहमन्त्री थापाले भन्नुभयो । 

उहाँले भन्नुभयो, “तराई–मधेशलाई मुलुकबाट अलग गर्न जनमत सङ्ग्रह गर्ने ढङ्गबाट सहमति भएको वा सरकारले मानेको छ भन्ने होइन, मैले यसमा झुठो बोलेको छैन । मधेशी जनताका राजनीतिक, सांस्कृतिक र सामाजिक अधिकारलाई जनअभिमत र लोकतान्त्रिक विधिद्वारा पूर्णता दिन सकिन्छ भन्ने हो ।’’ राष्ट्रको स्वाधिनता, अखण्डताको र स्वतन्त्रताको रक्षा गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउँदै उहाँले मुलुकका सामु चुनौतीका रुपमा रहेको विषयलाई सम्बोधन गर्ने सन्दर्भमा भएको सहमतिलाई राष्ट्रघाती र संविधान विरोधीका रुपमा नहेर्न सुझाव दिनुभयो । 

गठबन्धनका तर्फबाट जनमत सङ्ग्रह हो भन्ने कोणबाट भनाइ आएको हो भने त्यो सहमति विपरीत र पुरानै ठाउँमा पुग्ने विषय पनि उहाँले सदन समक्ष राख्नुभयो । मधेश आन्दोलनलगायत अरु आन्दोलनका समयमा गठन गरेका छानबीन आयोगका प्रतिवेदन आवश्यकताअनुसार सार्वजनिक गर्न सकिन्छ गृहमन्त्री थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की