२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिएसडब्ल्यूमा भाग लिन राष्ट्रपति न्यूयोर्क प्रस्थान

२०७५, २६ फाल्गुन आईतवार १७:०३

फागुन २६, काठमाडौँ (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । 

राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उहाँले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ । नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय सभामुख , राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसहित मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार, निमित्त परराष्ट्र सचिव, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो ।


राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले नारी राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत एवं सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्र सङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटेरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नुहुनेछ । 

राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ भने उहाँसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपतिले फागुन २९ गते राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नुहुनेछ । राष्ट्रपतिको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त रूपमा स्वागत समारोह आयोजना गर्नुहुनेछ । 

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । 

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई 

राष्ट्रपति भण्डारीले राष्ट्र सङ्घको ७३ औं महासभाका अध्यक्षको निमन्त्रणामा महिलाको अवस्थासम्बन्धी आयोगको ६३ औं अधिवेशनमा भाग लिने क्रममा स्वदेश बाहिर रहने समयावधिभर आफ्नो जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई तोक्नुभएको छ । 

राष्ट्र सङ्घको प्रधान कार्यालय, न्यूयोर्कतर्फ प्रस्थान गर्नुअघि उहाँले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । 


माथिको तश्विरमा: राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा फागुन २७ देखि चैत ८ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय आयोग(सिएसडब्ल्यु) को ६३औँ अधिवेशनमा भाग लिन आइतबार न्यूयोर्कतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: प्रदीपराज वन्त,रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की