१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खतराप्रति सतर्क रहन सरकारलाई आग्रह

२७ फाल्गुन २०७५, सोमबार ०५:५४

फागुन २७, काठमाडौँ | नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । 

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग (मधेश स्वतन्त्र देश) बारे ‘जनमत सङ्ग्रह’ गर्न सरकार राजी भएको प्रचार गर्न थालेकाले सो विषयमा सरकारले अविलम्ब आफ्नो राय सार्वजनिक गर्नुपर्ने निणर्य गरेको छ । 

सहमतिको बुँदा नं २ मा ‘तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएको’ कुरा उल्लेख गरिएको छ । यसलाई राउत पक्षले शान्तिपूर्ण ढङ्गले राष्ट्र विखण्डनकारी क्रियाकलाप अगाडि बढाउन सक्ने खतराप्रति सतर्क रहन सरकारलाई आग्रह गरेको महासचिव मैनालीले जानकारी दिनुभयो । 

सहमतिमा उक्त समूहको नाम ‘स्वतन्त्र मधेश गठबन्धन’ भनेर सरकारद्वारा स्वीकार गरिएको, गठबन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रूपमा व्यवहार गर्ने भनिएका विषय आपत्तिजनक रहेको बैठकले निष्कर्ष निकालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट