२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेकपालाई प्रतिबन्ध लगाएर विदेश उडे गृहमन्त्री

२०७५, २८ फाल्गुन मंगलवार १७:००

फागुन २८, काठमाडौं । विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाए लगत्तै गृहमन्त्री रामबहादुर थापा 'बादल' विदेश भ्रमणमा निस्केका छन् । विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने मंगलबारको मन्त्रीपरिषद् निर्णय पछि गृहमन्त्री मंगलवार राती ९ बजे अष्ट्रलिया उडेका हुन् ।

गृहमन्त्री थापा लागूऔषध सम्बन्धी अष्ट्रलियामा हुने एक कार्यक्रममा सहभागी हुन त्यता तर्फ लागेका हुन् । बैठकमा विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्रालयबाट नै आएको स्रोतको दावी छ । प्रस्ताव टेवल गरेलगत्तै गृहमन्त्री थापा मन्त्रिपरिषदको बैठकबाट बाहिरिएका थिए । 

गृहमन्त्री निस्किएपछी प्रधानमन्त्रीले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिएका थिए । सरकारले पृथकतावादी सीके राउत समूहसँग ११ बुँदे सहमति गरेको पाचौँ दिन विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । 

राउतसँगको ११ बुँदे सहमतिपछि विप्लव समूहको गतिबिधि बारे गृहमन्त्री तथा प्रधानमन्त्रीले खुलेरै आलोचना गरेका थिए । मंगलबार नै बैदेशिक रोजगार व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्रीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन भन्दै प्रतिक्रिया दिएका थिए । फागुन २४ गते बैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न पुगेको  टोलीसँग आज बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्रीओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका थिए ।


यसअघि गृहमन्त्री थापाले समेत विभिन्न प्रदेशमा पुगेर सुरक्षा रणनीति सम्बन्धी गोष्ठीमा सहभागी भई विप्लवको गतिबिधीको आलोचना गरि काठमाडौं फर्केका थिए । उनी काठमाडौं फर्केलगत्तै विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की