२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवमाथि सरकारी प्रतिबन्ध लगत्तै भरतपुरमा बम विस्फोट, ६ जना पक्राउ

२०७५, २९ फाल्गुन बुधबार ०२:५३

फागुन २९, चितवन । चितवनको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । उक्त बिस्फोट राति १२:३० बजे गराइएको हो । 

विस्फोटका कारण वडा कार्यालयका झ्यालका सिसा फुटेका छन् । विस्फोटपछि आगो लागेको र आगलागीका कारण वडा कार्यालयका कागजपत्र समेत जलेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महानगरको वडा कार्यालयमा विस्फोट भएको पुष्टि गरे ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको आगो नियन्त्रणमा लिइएको राठौरले जानकारी दिए । प्रहरीले सतर्कता अपनाएको बताइरहेका बेला विस्फोटको घटना भएको छ ।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन । तर, प्रहरीले विप्लव नेतृत्वको पार्टीको संलग्नता हुनसक्ने अनुमान गरेको छ ।

विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामाथि अनुसन्धान थालिएको राठौरले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की