२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाद्वारा प्रतिनिधिसभाको बैठक अवरोध

२०७५, २९ फाल्गुन बुधबार ०७:३०

फागुन २९, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरको भन्दै बैठक अवरोध गरेको हो । 

बैठकमा बोल्दै राजपा सांसद राजकिशोर यादबले सरकारले प्रतिवेदन सार्वजनिक गरेमा सरकारको वास्तविक चरित्र प्रदर्शन हुने भएकाले सरकारले आनाकानी गरेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले प्रतिवेदन खोज्दै गरेको र अध्ययन गर्दै गरेको भनेर टारेकोमा आपत्ति जनाउनुभयो । उहाँले सरकारले प्रतिवेदन सार्वजनिक नगरे संसद बैठक चल्न नदिने भन्दै आएको छ ।

मधेश आन्दोलन, थरुहट आन्दोलनका साथै अन्य घटनाबारे अध्ययन, अनुसन्धान गरी न्यायिक सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न भन्दै पछिल्लो समयमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा २०७३ साल असोज २ गते समिति गठन गरेको थियो । आयोगले २०७४ साल माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सभामुख कृष्णबहादुर महराले आइतबार संसदमा दिएको जवाफ चित्त नबुझेको राजपाका सांसद यादबले बताउनुभयो । सांसदको अवरोधका कारण बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की