१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लपले मलाई मार्न टिम खटाए: प्रचण्ड

३० फाल्गुन २०७५, बिहीबार १०:३३

फागुन ३०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका नेताहरुलाई देखेर दया लागेको बताएका छन् ।

वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सम्बोधन गर्दे प्रचण्डले यस्तो बताएका हुन् ।

बरु आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विव्लव समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको भन्दै भनेका छन्, ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मानुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे ।’

उनले अघि भने, ‘मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’

तत्कालीन माओवादीको हेडक्वार्टर पेरिसडाँडामा आयोजित शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले विप्लवको आलोचना गरे ।

कुनै समय आफ्नो सचिवालयमा काम गरेका विप्लवले आफ्नो नक्कल खोजेको भन्दै उनले भने, ‘ मेरै स्कुलको नक्कल गर्न खोजेको बाहेक केही देखिन्न । सक्कल गरेर मात्र पास हुने हो । नक्कलले दुःख पाउनेबाहेक केही हुनेवाला छैन ।’

ज्ञानेन्द्र शाहले राजा महेन्द्रको कलाविहीन नाटक नक्कल गर्न खोन्दा राजतन्त्र नै समाप्त भएको उनले सुनाए ।

अघि भने, ‘अहिले पनि साथीहरुले जसरी गर्न खोजेको छन् । यो ०५२ साल होइन, ०७५ साल हो । राजतन्त्र छैन, मधेसी, दलित, जनजातिलगायतको प्रतिनिधित्व भएको छ, आफ्नै साथीहरुको सरकार छ । अनि परिस्थिति हेर्नु पर्दैन ?’

राज्यले संविधान कानूनसार काम गर्ने भन्दै प्रचण्डले परिस्थितिलाई ठीक ढंगले मूल्यांकन गर्न र एकचोटी निधार खुम्च्याएर सोच्न आग्रह गरे । ‘अर्को प्रचण्ड बन्छु भन्दै हिँडेको सुनेको छु, यो सजिलो छैन । केही गर्नुछ भने नयाँ बाटो खोज्नुस्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट