२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कम्युनिष्ट आन्दोलनमा रावलको योगदान अतुलनिय छ: प्रदेश सदस्य साउद

५ चैत्र २०७५, मंगलवार ११:०४

कमल रावल | चैत ५, अछाम | नेपाल कम्युनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य भरत साउदले स्वर्गिय झंकर रावलको कम्युनिष्ट आन्दोलनमा अतुलनिय योगदान रहेको बताउनु भएको छ । समाज परिवर्तनका बाहक रावल ओलिगाउमा शैक्षिक क्रान्ति, जिल्लाको मदिरा नियन्त्रणको अगुवा भएकाले समाज परिवर्तनमा रावलको नाम अग्र स्थानमा रहेको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टिका नेता स्वर्गिय झंकर बहादुर रावलको बार्षिक पुण्य तिथिमा वलिगाउमा भएको श्रध्दाञ्जलि कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सविधान सभा सदस्य यव पुर्व सभासद समेत रहेका साउदले कम्युनिष्ट आन्दोलन र अछाममा कम्युनिष्ट बचाई राख्न ठुलो योगदान दिएकाले उहाका अधुरा सपना सबै मिलेर साकारा पार्नु पर्ने बताउनु भयो 


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य तथा पुर्ब जिबिस सभापति कृष्ण प्रसाद जैसिले जनताबाट निर्वाचित भएर गाउ समाजका लागि केहि गर्ने अठोट पुरा नभएकाले अब अधुरा अपुरा सपना पुरा गर्न परिवार सबै लाग्नु पर्ने बताउनु भयो । ब्यक्तिले सगठन निर्माण नहुने भएकाले पार्टिलाई योगदान दिने रावल जस्ता ब्यक्तिको सम्मानका लागि जिल्ला कमिटिले समेत योगदानको कदर गर्दै अगाडि बढनु पर्ने सुझाव दिएका थिए । 


नेकपा प्रदेश कमिटि सदस्य कमल तिमिल्सैनाले रावलले  अगालेका सामाजिक कुरिति, बिसगति बिरुदका कुरा सबैले अगालेर अगाडि बढनु पर्ने बताउनु भयो ।

मगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले समाजका लागि केहि गरेर गएका ब्यक्तिलाई सबैले सम्मान दिनु पर्ने बताउदै राम्रो कार्यलाई अगाल्दै जानु पर्ने बताउनु भयो । 

नेपाल कम्युनिष्ट पार्टि अछामका कार्यदल सदस्य चन्द्र बोहराले अध्यक्षता ग्रहण गर्दै तल्लो तह देखि जिल्ला तहसम्म पार्टिको एकता कार्य सकिने बितिकै योगदानको सम्मान गर्दै केहि कार्य गरिने जानकारि दिनु भयो । कार्यक्रममा नेकपा नेता भक्त बहादुर बोगटि, नेपालि काग्रेस नेता तथा वडा नम्बर ९ का अध्यक्ष  झपट बहादुर रावल, नेपाल राष्ट्रिय शिक्षक सगठन पुर्व अध्यक्ष तथा नेपाल रेडक्रस शोसाईटि अछामका सभापति रत्न प्रसाद ढुगानाले शोक मन्तब्य राख्दै उहाले अगालेका सबै कार्यलाई आत्मसाथ गर्दै अगाडि बढनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वर्गिय रावलका छोरा रमेश बहादुर रावलले पार्टिले दिएको सम्मान प्रति धन्यवाद ब्यक्त गर्दै सपरिवारको तर्फबाट १ लाख ५५ हजार ५  सय ५५ को अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । कार्यक्रममा स्वर्गिय रावलका बुवा झपट बहादुर रावल, धर्मपत्नि पार्वति रावल, मगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, रेडक्रस केन्द्रिय सदस्य बृकेश बोगटि, मगलसेन ४  का अध्यक्ष पदम बहादुर धामि लगाएत सबैले उहाको फोटोमा माल्यार्पण सहित पुस्प गुच्छा चढाउदै श्रध्दाञ्जलि ब्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन नेपाल राष्ट्रिय शिक्षक सगठन प्रदेश कमिटि सदस्य नर बहादुर रावलले गर्नु भएको थियो । नेता रावलको २०७४ साल फागुन १७ गते ६० बर्षको उमेरमा उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला