२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री अधिनायकबादी चरित्र देखियोः अध्यक्ष राणा

२०७५, ६ चैत्र बुधबार ११:५७

चैत्र ६, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) अध्यक्ष पशुपति शमशेर राणाले सरकार अधिनायकवादी शैलीमा प्रस्तुत भएको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले पुराना मुद्दा उठाउने र बन्दुक उठाउने एकै हुन् भन्ने अभिव्यक्ति दिएर अधिनायकबादी चरित्र देखाएको बताए । प्रधानमन्त्रीले विप्लव समूहसंग राप्रपा संयुक्तलाई दाँजेकोमा आपत्ती जनाए । ‘प्रधानमन्त्रीको अभिव्यक्ति जदजनक छ’ उनले भने, ‘संविधानले दिएको नागरिक अधिकार अनुरूप सडक संघर्षमा जान्छौ ।’ सरकारको चेतावनीबाट आफुहरु नडराउने दावी गरे । 

राप्रपा संयुक्त आफूहरूले संघीयताको विरोधी नभएको भन्दै राजसंस्थालाई स्थापना गर्नुपर्ने पार्टीको धारणा कायमै रहेको उनले जिकीर गरे । ‘सार्वभौमसत्ता जनताको हातमा रहेने गरी राजसंस्था स्थापना गर्नु अहिलेको आवश्यकता हो’ उनले भने । 

अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले सीके राउतले नयाँ दल दर्ता गर्ने र विखण्डनवादी विचार त्याग्ने निर्णय गर्नु स्वागतयोग्य भएको बताए । विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा सत्तापक्षले पहिले आफ्नो अनुहार ऐनामा हेर्नुपर्ने बताउँदै नेता लोहनीले संविधानको मर्म र भावना अनुसार शान्तिपूर्ण रूपमा आन्दोलन गर्नु पर्नेमा जोड दिए । उनले विप्लव समूहतर्फ इंगित गर्दै बन्दुक समाउने र फेरिपनि देशलाई द्वन्द्वमा फसाउने काम भने राम्रो नभएको बताए ।

‘सरकारले कर बढायो, भ्रष्टाचार बढायो, महंगी बढायो,’ उनले भने, ‘जनताका आशमाथि तुषारापात भएको छ । अब हामी सडकबाटै भएपनि सरकारको भ्रष्ट चरित्रको विरोध गर्छौं ।’ उनले हलो चिन्हमा सहमति भए कमल थापा नेतृत्वको राप्रपासँग एकता हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !