२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पार्टीमा आएको उजुरी अनुशासन समितिले छानबिन गर्ने–संयोजक आङ्देम्बे

८ चैत्र २०७५, शुक्रबार ०६:३८


कमल घिमिरे।चैत्र८।पाँचथर,नेपाली काँग्रेस पार्टीमा परेका सबै उजुरीमाथी छानबिन भइ कारबाहि हुने भएको छ । 

भरखरै गठित नेपाली काँग्रेस अनुशासन समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य भिस्मराज आङ्देम्बेले फिदिमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । गुट र उपगुटको नाममा पार्टीको बदनाम गर्ने,अन्तर्घात गर्ने,पार्टीको गलत व्याख्या गर्ने,पार्टीको हानी गर्ने कुनै पनि काम गर्ने जो कोही नेता कार्यकर्तालाइ छानबिन गरि कारबाहि गरिने संयोजक आङ्देम्बेले बताउनुभयो ।

पार्टीमा भएको विश्वासको संकटले ५ सदसिय अनुशासन समिति गठन गरिएको र चाँडै नै समितिको बैठक बसि धेरै संख्यामा आएका उजुरी माथी छानबिन गरिने संयोजक आङ्देम्बेले बताउनुभयो । पार्टीको विरुद्धमा कुरा नगर्न,पार्टी माथि धावा नबोल्न,गुट र उपगुटको नाममा पार्टी विरोधी गतिविधि नगर्न समेत आङ्देम्बेले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोक आङ्देम्बे सँगै अन्य पार्टि प्रतिनिधिहरुको पनि उपस्थित रहेको थियो । पार्टि भित्रै एक अर्काको दोषारोपणले गर्दा सरकारको नराम्रो कामलाई खबरदारी गर्न नसकेको संयोजक आङ्देम्बेले बताउनुभयो । सरकारले सिके राउत र विप्लवमाथि गरेको  निर्णय गलत भएको समेत आङ्देम्बेले आरोप लगाउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि…