२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन: मन्त्री थापा

२०७५, ९ चैत्र शनिबार ११:०८

चैत ९, काठमाडौँ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । 

महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताउनुभयो । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ”, थापाले भन्नुभयो । 

महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेकोमा मन्त्री थापाले जोड दिनुभयो । सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको उहाँले जानकारी दिनुभयो । 

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष गोमा देवकोटाले महिला आर्थिक र सामाजिक क्षेत्रमा माथि नउठेसम्म समाज परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक सवलीकरणमा महिला लाग्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो । 

हाल विकास केन्द्रमा जम्मा ३४ हजार सदस्य आवद्ध रहेको र ३२ वटा जिल्लामा सेवा प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष तुलसी थापाले जानकारी दिनुभयो । संस्थाले महिलालाई माथि उठाउन विभिन्न आयमूलक तालीम प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !