२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब नेकपाका नेता ‘सुदर्शन’ सहित ९ जना पक्राउ परेपछि माओवादी केन्द्रको यस्तो बिज्ञप्ति

२०७५, १० चैत्र आईतवार ०३:०५

चैत १०, काठमाडौँ | विप्लब नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन' लगायत ९ जना नेता-कार्यकर्ताहरु पक्राउ परेपछि नेकपा माओवादी केन्द्रले बिना सर्त रिहाईको माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । चैत ८ गते राति काभ्रेको खानीखोला गाउँपालिका ७ मिल्चे स्थित बोरेनी नजिकबाट सरकारपक्षले 'सुदर्शन' सहित ९ जनालाई पक्राउ गरेको थियो । 

तश्वीरमा: नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन' 

पुनर्गठित माओवादी केन्द्रद्वारा जारी बिज्ञप्तिमा देशभरीनै भईरहेको धरपकडले संविधानले दिएको अधिकार समेत हनन् गरी जनविरोधी कृयाकलाप पर्दर्शन गरेर केपी ओली सरकार असफलताको दिशातर्फ जान खोजेको प्रष्ट संकेत भएको उल्लेख गरिएको छ । 

माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकी (शुसील) मार्फत जारी बिज्ञप्तिमा देश भ्रष्टाचारले आक्रान्त बनेको, केन्द्र प्रदेश र स्थानीय तहबीच समन्वय नगरेर योजनाबद्ध ढंगले सरकारले संघीयता असफल पार्न खोजेको, दक्षिणपन्थी शंक्तिहरु, सरकारको संरक्षणमा रहेका शक्ति र संस्थाहरुले खुलेयाम रुपमा धार्मिक द्वन्द सृजना गर्दै देशलाई असफल बनाउन खोजेको बताइएको छ । बिज्ञप्तिमा राष्ट्रियतामा आंच दिने समुहसंग अस्वभाविक सम्बन्ध जोडेर तथा धार्मिक आन्दोलनलाई बैधानिकता दिएर नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाउनुले केपी ओली सरकारप्रति नै शंका उत्पन्न गराएको उल्लेख छ ।

माओवादी केन्द्रको बिज्ञप्तिको अन्त्यमा क्रान्तिकारी आन्दोलन दमन धरपकडबाट नियन्त्रण गर्न नसकिने भन्दै विप्लव नेतृत्वको नेकपा र सरकार पक्ष दुवैलाई वार्ता गर्न आग्रह गरिएको छ । 'नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकास ओली लगायत देशभरका नेता कार्यकर्तालाई बिना सर्त रिहाईको लागि सरकार समक्ष नेकपा (माओवादी केन्द्र) जोडदार माग गर्दछ' विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ, माओवादी केन्द्रको प्रेस बिज्ञप्ति:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !